नेसन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा स्पेनले नेदरल्यान्ड्ससँग बराबरी खेलेको छ।
आर्सनलका मिकेल मेरिनोले अतिरिक्त समयमा गोल गर्दै स्पेनलाई हारबाट जोगाए। ब्राइटनका गोलकिपर बार्ट भरब्रुगेनले निको विलियम्सको प्रहारलाई बचाएपछि दोस्रो हाफको वैकल्पिक खेलाडी मेरिनोले नजिकैबाट गोलमा परिणत गरे।
विलियम्सले यसअघि युरोपियन च्याम्पियनलाई पहिलो हाफमा अग्रता दिलाए। लिभरपुलका फरवार्ड कोडी गाक्पोले त्यो अग्रतालाई लामो समय टिक्न दिएनन्।
गाक्पोको गोलमा बराबरीमा फर्किएको घरेलु टोलीले त्यसपछि अग्रता लिएपनि जोगाउन भने सकेन।
खेलको ८१ औँ मिनेटमा जोरेल हाटोले रातोकार्ड पाउँदै मैदान छाडेपछि १० खेलाडीमा सिमित बनेको नेदरल्यान्यान्ड्सले स्पेनलाई रोक्न सकेन।
दोस्रो लेग आइतबार भ्यालेन्सियामा हुनेछ। त्यो खेलको विजेताले सेमिफाइनलमा स्थान बनाउनेछ। सेमिफाइनलमा क्रोएसिया र फ्रान्सबिचको विजेताको सामना गर्न पर्नेछ।
Shares

प्रतिक्रिया