खेल


इन्टर मियामी कोन्काकाफ च्याम्पियन्स कपको क्वार्टर फाइनलमा

इन्टर मियामी कोन्काकाफ च्याम्पियन्स कपको क्वार्टर फाइनलमा

नेपालखबर
चैत १, २०८१ शुक्रबार १०:४५, काठमाडौँ

इन्टर मियामी कोन्काकाफ च्याम्पियन्स कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। शुक्रबार बिहान भएको दोस्रो गलेमा कवलियरलाई २–० ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो। 

लियोनल मेस्सीलाई पहिलो हाफ बेन्चमा राखेर सुरु भएको खेलको पहिलो हाफमा लुइस सुवारेजको गोलमा मियामीले अग्रता लियो। ३७ औँ मिनेटमा सुवारेजले पेनाल्टीमा गोल गरेका थिए। 

५३ औँ मिनेटमा सुवारेजको स्थानमा मैदान प्रवेश गरेका मेस्सीले खेलको अन्तिममा एक गोल थपे। मेस्सीले अतिरिक्त समयको दोस्रो मिनेटमा गोल गरेका थिए। 

कवलियरले भने घरेलु मैदानमा पनि कुनै गोल गर्न नसक्दा समग्रमा ४–० ले पराजित हुँदै बाहिरियो। पहिलो गलेमा पनि कवलियर २–० ले नै पराजित भएको थियो। 

अब मियामीले क्वार्टर फाइनलमा लस एन्जलससँग खेल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad