गुगान्डामा जारी चार देशीय महिला टी-२० कपअन्तर्गतको नेपाल-नामिबियाबीचको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ। नेपालकी कप्तान इन्दु बर्माले १२.२ ओभरमा तेस्रो विकेट लिएकी हुन्। यसअघि सविता जोशीले १०औं ओभरको पहिलो बलमा र तेस्रो ओभर जारी रहँदा पूजा महतोले नेपाललाई सफलता दिलाए थिए।
अहिले नामिबिया १२.३ औं ओभर सकिँदा ३ विकेटको क्षतिमा ५३ रन बनाएर खेलिरहेको छ।
खेल केहीबेर वर्षाका कारण रोकिएर पुन:सुरु भएको हो।
निर्धारित २० ओभरमा ९ विकेट गुमाएर नेपालले ९२ रन बनाएको थियो। खेलमा ९३ रनको लक्ष्य लिएर मैदानमा आएको नामिबियाले ब्याटिङ गरिरहँदा पानी परेपछि खेल रोकिएको थियो।
यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले सम्झनाकुमारी खड्कालाई पहिलो विकेटको रुपमा गुमाएको थियो। आक्रमक ब्याटिङ सुरुवात गरेकी उनी ११ बलमा १८ रन बनाउँदै आउट भइन्। दोस्रो विकेटको रुपमा रुविना क्षेत्रीलाई गुमायो। उनी २ बलको सामना गरेर शून्य रनमै आउट भइन्। त्यस्तै कप्तान इन्दु ११ बलको सामना गरेर जम्मा २ रन बनाएर आउट भइन्। त्यस्तै पूजा महतो पनि २० बलमा १३ रन बनाएर आउट भइन्।
त्यस्तै रोमा थापालाई १८ बलमा ९ रन बनाएको अवस्थामा नेपालले पाँचौँ विकेटको रुपमा गुमायो। छैटौँ विकेटको रुपमा रचना चौधरीलाई नेपालले शून्य रनमै गुमायो। सातौँ विकेटको रुपमा नेपालले एलिशाकुमारी यादवलाई शून्य रनमै गुमायो। त्यस्तै आठौँ विकेटको रुपमा नेपालले रचना चौधरीलाई गुमायो। उनले ३ बलमा १ रन मात्रै बनाइन्। त्यस्तै ३० बलमा १६ रन बनाएर आउट भइन्।
खेलमा नामिबियाका बलरहरू हाबी देखिए। इन्दु बर्माको कप्तानीमा उत्रिएको नेपाली टिममा विकेट किपर एलिशाकुमारी यादव, रिया शर्मा, सम्झना खड्का, पूजा महतो, राजमती ऐरी, कविता जोशी, रुविना क्षेत्री, रोमा थापा, रचना चौधरी र ईश्वरी विष्ट छन्।
आज नामिबियासँग खेलिरहेको नेपाली टोलीले भोलि (फागुन २५) गते युगान्डासँग खेल्नेछ। त्यस्तै फागुन २६ गते हङकङसँग खेल्नेछ। त्यसैगरी फागुन २८ गते पुनः नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ। लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल भिड्नेछन्।
Shares

प्रतिक्रिया