खेल


विराट गोल्ड कप फागुन १९ गतेदेखि हुने

विराट गोल्ड कप फागुन १९ गतेदेखि हुने

नेपालखबर
फागुन ५, २०८१ सोमबार २२:१०, विराटनगर


विराट गोल्ड कपको फागुन १९ गतेदेखि  २८ गतेसम्म हुने भएको छ।

विराट गोल्ड कप आयोजक समितिले सोमबार साँझ विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी दिएको हो। यस पटकको फुटबल प्रतियोगितामा भारतको दुई टिम सहित १० टिम सहभागी हुँदै छन् ।  

अरू आठ टिम नेपालकै हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको हो। यस अघि विराट गोल्ड कप ट्रष्ट आफैले गरेको प्रतियोगिता यो वर्ष उद्योग सङ्गठनसँगको सहकार्यमा नवौँ संस्करणको संयोजक उद्योगी नविन रिजाललाई तोकिएको छ।

भारतबाट साउथर्न समिति फुटबल क्लब कोलताका र सुदेभा दिल्ली फुटबल क्लबले सहभागिता जनाउँदै छन्। त्यस्तै विभागीय टिमहरू त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपीएफ फुटबल क्लब नेपाल,  थ्री स्टार फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, एनआरटी क्लब, चर्च ब्वाइज फुटबल क्लब र रिजालको मोरङ एफसी सहभागी हुनेछन्।

करिब १ करोड ३५ लाख रुपैयाँ खर्च हुने गरि गर्न लागिएको  प्रतियोगिताको विजेता टिमलाई ११ लाख र उपविजेतालाई ५ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजक समितिका संयोजक नविन रिजालले जानकारी दिए। 

उत्कृष्ट प्रशिक्षक, गोलकिपर र सर्वाधिक गोलकर्ताले १५–१५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। पुरस्कार बापत दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपैयाँ प्रदान गरिने रिजालले जानकारी दिए। हरेक दिन आधा घण्टा सांस्कृतिक कार्यक्रम गरिने समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad