खेल


स्केटिङ खेललाई विद्यालयस्तरसम्म पुर्‍याउन सम्झौता

स्केटिङ खेललाई विद्यालयस्तरसम्म पुर्‍याउन सम्झौता

नेपालखबर
माघ २४, २०८१ बिहिबार २०:२९, काठमाडौँ

राष्ट्रिय स्केटिङ तथा स्केट बोर्डिङ सङ्घ र नेपाल विद्यालय खेलकुद महासङ्घबीच स्केटिङ खेललाई विद्यालयस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सम्झौता भएको छ।

काठमाडौँमा आज आयोजित एक कार्यक्रमबीच राष्ट्रिय स्केटिङ तथा स्केटबोर्डिङ सङ्घ र नेपाल विद्यालय खेलकुद महासङ्घबीच सम्झौता भएको हो। सम्झौतापत्रमा स्केटबोर्डिङ सङ्घका तर्फबाट अध्यक्ष अच्युत खनाल र विद्यालय खेलकुद महासङ्घका तर्फबाट अध्यक्ष विनोद श्रेष्ठले हस्ताक्षर गरे।

सम्झौतापत्र हस्ताक्षरपछि राष्ट्रिय स्केटिङ तथा स्केटबोर्डिङ सङ्घका अध्यक्ष खनाल र विद्यालय खेलकुद महासङ्घका अध्यक्ष श्रेष्ठले सम्झौताले स्केटिङ खेललाई विद्यालयस्तरसम्म पुर्‍याउन मद्दत पुग्ने बताए।

यसबाट हरेक खेललाई विद्यालयस्तरबाटै सुरु गर्ने सरकारको लक्ष्य पूरा गरी खेलाडी उत्पादनमा सहयोग पुग्ने उनीहरुको भनाइ थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad