एनसेल पाँचौँ टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फ ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डले लगातार दोस्रो हार बेहोरेको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा ट्राभल इन्क्वारी नेपाल पुलिस क्लबसँग ३–१ को सेटमा पराजित भएको हो।
पहिलो सेट २३-२५ ले गुमाएको पुलिसले दोस्रो, तेस्रो र चौथो सेट लगातार जितेर पहिलो जित दर्ता गराएको हो। पुलिसले दोस्रो सेट २५-१४, तेस्रो र चौथो सेट २५-१७ ले आफ्नो पक्षमा पार्यो।
पहिलो खेलमा टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबसँग पराजित भएको पुलिसले पहिलो जित निकालेको हो। ट्राभल इन्क्वारीले लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा एपिएफसँग पराजित भएको थियो।
आजै भएको पहिलो खेलमा सशस्त्र प्रहरी बल एपिएफले टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो।
अब पुरुषतर्फको खेल भारतको सुनिल भलिबल क्लब र नेपाल पुलिस क्लबबिच हुनेछ। त्यसपछि गण्डकी प्रदेश र एपिएफले प्रतिस्पर्धा गर्नेछन्।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ।
Shares

प्रतिक्रिया