एनसेल पाँचौँ टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फको पहिलो खेलमा साबिक विजेता टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब भारतको सुनिल भलिबल क्लबसँग पराजित भएको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा भर्खरै सकिएको खेलमा सुनिल क्लबले हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गरेको हो। पहिलो सेट २२-२५ ले गुमाएको सुनिल क्लबले पछिल्ला ३ सेटमा उत्कृष्ट पुनरागमन गर्दै विजयी सुरुआत गरेको हो। सुनिल क्लबले दोस्रो सेट २५-२३, तेस्रो २७-२५ र चौथो सेटमा २५-१६ ले जित्यो।
यसअघि भएको खेलमा महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
अब केही बेरमा पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिचको खेल सुरु हुनेछ। त्यसपछि त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल एपिएफबिचको खेल हुनेछ।
345
Shares

प्रतिक्रिया