खेल


एसी मिलानलाई आठौँपटक इटालियन सुपर कपको उपाधि

एसी मिलानलाई आठौँपटक इटालियन सुपर कपको उपाधि

नेपालखबर
पुस २३, २०८१ मंगलबार ८:५२, काठमाडौँ

वैकल्पिक खेलाडी टामी अब्राहमले खेलको अन्त्यतिर गरेको निर्णायक गोलमा एसी मिलानले आठौँ पटक इटालियन सुपर कपको उपाधि उचालेको छ। 

एसी मिलानले सन् २०१६ पछि सुपर कपको उपाधि जितेको हो। एसी मिलानले आठौँ पटक इटालियन सुपर कपको ट्रफी उचाल्दा उपाधिको खडेरी पनि तोडेको छ। 

एसी मिलानले यसअघि सन् १९८८, १९९२, १९९३, १९९४, २००४, २०११ र २०१६ मा सुपर कपको उपाधि उचालेको थियो।

सोमबार राति सोउदी अरेबियाको रियादमा भएको फाइनलमा साविक विजेता इन्टर मिलानलाई ३–२ गोलले पराजित गर्दै एसी मिलानले उपाधि उचालेको हो। 

निर्धारित समयमा २–२ को बराबरीमा रहेको खेलमा अब्राहमले इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गरेपछि एसी मिलानले उपाधि उचाल्न सफल भएको हो। अब्राहम खेलको ७७ औँ मिनेटमा मुसाहको स्थान लिर्दै मैदान प्रवेश गरेका थिए। 

साविक विजेता समेत रहेको इन्टरले बनाएको सुरुवाती अग्रता जोगाउन नसक्दा उपाधि रक्षा गर्न सकेन। पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा नै लउटारो मार्टिनेजको गोलमा इन्टरले सुरुवाती अग्रता बनाएको थियो। खेलको ४७ औँ मिनेटमा मेहदी तारेमीको गोलमा इन्टरले २–० को अग्रता बनाएको थियो। 

तर खेलको ५२ औँ मिनेटमा थिएओ हर्नान्डेजको गोलमा एसी मिलानले खेलमा फर्कने संकेत गरेको थियो। 

८० औँ मिनेटमा क्रिस्टियन पुलिसिचको गोलमा एसी मिलान बराबरी गोल फर्काउँदै खेलमा फर्कियो। 

बराबरीसँगै रोमाञ्चक बनेको उपाधि होडमा इन्ज्युरी समयमा अब्राहमले नाटकिय रुपमा गोल गरेपछि मिलानले उपधि उचालेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad