खेल


नेपाल अमेरिकासँग ३ विकेटले पराजित

नेपाल अमेरिकासँग ३ विकेटले पराजित

नेपालखबर
कात्तिक १२, २०८१ सोमबार ५:५४, काठमाडौँ

आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक ओडीआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोली अमेरिकासँग ३ विकेटले पराजित भएको छ। 

नेपालले दिएको २ सय ८७ रनको लक्ष्य अमेरिकाले २ बल अगावै ७ विकेटको क्षतिमा भेट्टायो। 

अमेरिकाको जितमा शयान जहनगिरले एकसय ४ रनको योगदान दिए। उनले ९७ बलमा १२ चौका र ६ छक्का प्रहार गरे।

कप्तान मोनान्क पटेलले ६२ र हरमित सिंहले ५७ रनको योगदान दिए। 

नेपालका कुशल भुर्तेल एक्लैले चार विकेट लिए। उनले ६ ओभरमा २३ रन दिएर ४ विकेट झारेका थिए। सोमपाल कामीले २ तथा ललित राजवंशीले एक विकेट लिए। 

त्यसअघि अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २ सय ८६ रन बनाउँदा अलआउट भयो। 

नेपालका कप्तान रोहित पौडेल शतक नजिक पुगेर चुके। उनले ७५ बलमा ८ चौका र ३ छक्का सहयोगमा सर्वाधिक ९६ रन बनाउँदा बोल्ड आउट भए।  

आशिफ शेख ५२ बलमा क्याच आउट भए। उनले ६७ बलमा ७ चौका र १ छक्का प्रहार गरे। 

आरिफ शेखले ३७, दिपेन्द्र सिंह ऐरिले १३ र कुशल भुर्तेलले ११ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। नेपालका तल्लो क्रमका ब्याटर सस्तैमा आउट हुँदा नेपाल विशाल लक्ष्य दिनबाट चुकेको थियो। 

सिरिजको दोस्रो नेपालले नेपालले भोलि मंगलबार स्कटल्यान्डसँग खेल्ने तालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad