साफ महिला च्याम्पियनसिप अन्तर्गत बिहीबार हुने समूह ‘बी’ को अन्तिम खेलका लागि सुरुवाती ११ सार्वजनिक भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आजको खेलमा श्रीलंकासँग नेपालको प्रतिस्पर्धा हुँदैछ।
आजको खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गरेको टोलीमा ४ खेलाडी परिवर्तन गरिएको छ।
श्रीलंकाविरुद्धको खेलमा टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले चार खेलाडी परिवर्तन गरेका हुन्।
टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा पनि आजको खेल खेल्ने भएकी छिन्।
उनी रश्मि कुमारी घिसिङको ठाउँमा खेल्नेछिन्।
आजको खेलमा टोलीको कप्तानी एञ्जिला तुम्बाप्पो सुब्बाले गर्नेछिन्। माल्दिभ्सविरुद्धको खेलमा भने रेनुका नगरकोटेले कप्तानी लिएकी थिइन्।
त्यस्तै, बिमला चौधरीको ठाउँमा अमिशा क्षेत्री खेल्नेछिन् भने निशा थोकरको डाउँमा अमृता जैसीले खेल्ने भएकी छिन्।
नेपाल आजको खेलमा श्रीलंकालाई हराउँदै समूह विजेताको रुपमा सेमिफाइनल पुग्न चाहन्छ। श्रीलंका पनि नेपाललाई हराउँदै अन्तिम चारको यात्रा तय गर्न चाहन्छ।
समूह ‘बी’ मा रहेको नेपाल ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।
पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई ११–० ले हराएको थियो।
Shares

प्रतिक्रिया