ad ad

खेल


भारत बन्यो टी–२० विश्वकपको च्याम्पियन

भारत बन्यो टी–२० विश्वकपको च्याम्पियन

नेपालखबर
असार १५, २०८१ शनिबार २३:४७, काठमाडौँ

दक्षिण अफ्रिकालाई ७ रनले पराजित गदै भारतले आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि उचालेको छ। 

शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतले दोस्रो पटक विश्वकपको उपाधि उचालेको हो। पहिलो पटक फाइनल पुगेको दक्षिण अफ्रिका भारतसँग पराजित हुँदा नवौँ संस्करणको विश्वकपको अपराजित यात्रामा समेत पुर्णविराम लागेको छ। 

भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय १६९ रन मात्र बनाउन सक्यो। 

दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले बनाएको ५२ रन नै सर्वाधिक रह्यो।

पाचौँ विकेटका लागि हेनरिक क्लासेन र डेभिड मिलरले ४५ रनको साझेदारी गरेपछि दक्षिण अफ्रिकाको इनिङस उकासेका थिए। २७ बलमा २ चौका र ५ छक्का हान्दै ५२ रन बनाएका क्लासेन हार्दिक पाड्याको बलमा विकेट किपरको हातबाट आउट भए। 

ओपनर क्वीन्टन डी कक ३१ बलमा ४ चौका र १ छक्का सहयोगमा ३९ रन बनाउँदा अर्षदिप सिंहको बलमा कुलदिप यादवको हातबाट क्याच आउट भए। 

नवौँ ओभरको पाचौँ बलमा ट्रिष्टन स्टुब ३१ रन बनाउँदा अक्षर पटेलको बलमा बोल्ड आउट भए। 

दोस्रो विकेटका रुपमा तेस्रो ओभरको तेस्रो बलमा कप्तान एडेन मारक्रमलाई ४ रनमा गुमाएको थियो। पहिलो विकेटका रुपमा दक्षिण अफ्रिकाले दोस्रो ओभरको तेस्रो बलमा ओपनर रिजा हेनड्रिकलाई ४ रनमा गुमाएको थियो।  

भारतका लागि अर्षदिप सिंह र जसप्रित बुमराहले समान२ विकेट लिए। अक्षर पटेल। र हार्दिक पाण्ड्याले समान १ विकेट आफ्नो नाममा गरे। 

त्यसअघि वेस्ट इन्डिजको व्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रनको योगफल तयार पारेको थियो।  

पाचौँ विकेटका लागि विराट कोहली र शिवम दुवेले ५७ रनको साझेदारी गर्दै भारतलाई विशाल योगफलतर्फ डोर्याएको थिए।

ओपनर विराट कोहली ७६ रन बनाउँदा क्याच आउट भए। ५९ बलमा ६ चौका र २ छक्का हानेका कोहली १८.५ ओभरमा मार्को जानसेनको बलमा कागिसो रवाडाको हातबाट क्याच आउट भए। कोहलीले ४८ बलमा ४ चौका र सहयोगमा अर्धशतक पूरा गरेका थिए। 

शिवम दुवे २७ रनमा क्याच आउट भए। १६ बलमा ३ चौका र १ छक्का हानेका दुवे अन्तिम ओभरको चौथो बलमा एनरिच कोर्टेजको बलमा क्याच आउट हुन पुगे। 

पावर प्लेमा नै ३ विकेट गुमाएको भारतका लागि चौथो विकेटका लागि विराट कोहली र अक्षर पटेलले ७२ रनको साझेदारी गर्दै टोलीको इनिङस् उकासेका थिए। 

भारत एक समय ४.३ ओभरमा ३–३४ को अवस्थामा थियो। ३१ बलमा १ चौका र ४ छक्का हान्दै ४७ रन बनाएका पटेल १३.३ ओभरमा रन आउट भए। 

भारतले दोस्रो ओभरमा नै महत्वपुर्ण २ विकेट गुमायो। दोस्रो ओभरको चौथो बलमा कप्तान रोहित शर्मा ९ रन बनाउँदा केशव महाराजको बलमा क्याच आउट भए। सोही ओभरको अन्तिम बलमा रिसभ पन्त महाराज कै बलमा शुन्य रनमा नै आउट भए। सुर्य कुमार यादव ३ रन बनाउँदा कागिसो रवाडाको बलमा क्याच आउट भए। 

रविन्द्र जडेजा २ रनमा क्याच आउट भए। हार्दिक पाण्ड्या ५ रनमा अविजित रहे। 

दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच कोर्टेनले समान २ विकेट लिए। कागिसो रवाडा र मार्को जोनसनले समान १ विकेट लिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .