ad ad

खेल


आरसी ३२ र बागमती ‘बी’ डिभिजनमा बढुवा

आरसी ३२ र बागमती ‘बी’ डिभिजनमा बढुवा

नेपालखबर
जेठ २२, २०८१ मंगलबार २०:१०, काठमाडौँ

आरसी ३२ फुटबल क्लब र बागमती युथ क्लब ‘बी’ डिभिजन लिगमा बढुवा भएका छन्।

मंगलबार भएको खेलमा रानी वन स्पोर्टस् क्लबमाथि ५–० को फराकिलो जित निकाल्दै आरसी ३२ बी डिभिजनमा बढुवा भएको हो।

अंक तालिकाको शीर्ष स्थानमा रहेको आरसी ३२ ले १२ खेलमध्य ८ खेलमा जित, २ बराबरी र २ खेलमा हार भोग्दै २६ अंकमा शीर्ष स्थानमा रहेको छ।

एक खेल कम खेलेको बागमतीले ८ खेलमा जित, २ खेलमा बराबरी र १ खेलमा हार भाग्दै समान २६ अंक बनाउँदै दोस्रो स्थानमा छ।

पुल्चोक स्पोर्टस् क्लबले १२ खेलमध्य ६ खेलमा जित, समान ३ खेलमा बराबरी र हारको नतिजा निकाल्दै २१ अंक बनाएको छ।

मंगलबार नै भएको खेलमा पुल्चोक स्पोर्टस् क्लब सानेपा युथ क्लबसँग २–१ ले पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .