ad ad

खेल


उषा भण्डारी र रविन चन्द बने वर्ष उत्कृष्ट खेलाडी

उषा भण्डारी र रविन चन्द बने वर्ष उत्कृष्ट खेलाडी

नेपालखबर
चैत ३०, २०८० शुक्रबार १९:२, काठमाडौँ

क्लबका उषा भण्डारी र रविन चन्द वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन्। 

नेपाल भलिबल संघ (एनभीए) ले शुक्रबार आयोजना गरेको चौथो संस्करणको एनभीए अवार्डमा नेपाल पुलिस क्लबको वर्चश्व रह्यो।  

संघले आयोजना गरेको एनभीए अवार्डमा सर्वोत्कृष्ट घोषणा भएका पुलिस क्लबका उषा भण्डारी र रविन चन्दले जनही ५० हजार रुपैयाँ प्राप्त गरे। 

वर्ष उदीयमान खेलाडी अवार्ड महिलातर्फ न्यु डायमन्ड युथ स्पोर्टस् क्लबकी प्रगति नाथ र पुरुषतर्फ नेपाल एपीएफ क्लबका हेमन्त मल्लको पोल्टामा परेको छ। उनीहरूले जनही ५० हजार रुपैयाँ हात पारे। 

वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड महिलातर्फ नेपाल पुलिस क्लबका रुपेशकुमार विष्ट र पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघका रमेश केसीले हात पारे। उनीहरूले जनही ५० हजार रुपैयाँ प्राप्त गरे। 

यस्तै राष्ट्रिय टोलीका पूर्वकप्तान तथा नेपाल पुलिस क्लबका कप्तान इम रानालाई ५० हजार रुपैयाँसहित अभिनन्दन गरेको थियो। 

खेल पत्रकार सम्मानबाट हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिना ५० हजार रुपैयाँसहित सम्मानित भए। 

संघले राष्ट्रिय वाणिज्य बैकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई अभिनन्दन गरेको छ। 

वर्ष उत्कृष्ट टिमको सम्मान महिलातर्फ नेपाल पुलिस क्लब र पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघले पाए। 

यसै अवसरमा संघले वर्षभरि सन्तोषजनक काम गर्ने विभाग, जिल्ला, प्रदेश र क्लबहरूलाई पनि सम्मान गरेको छ। 

संघले एपीएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल संघ, मधेश प्रदेश भलिबल संघ, संखुवासभा जिल्ला भलिबल संघ, कञ्चनपुर जिल्ला भलिबल संघ, सुर्खेत जिल्ला भलिबल संघ, पाल्पा जिल्ला भलिबल संघ, जावलाखेल भलिबल संघ, ढोरपाटन भलिबल क्लब, टिपटप हेल्प नेपाल स्पोर्टस क्लब र एभरेस्ट भलिबल क्लबलाई सम्मान गरेको छ। 

यस्तै किंग्स क्लब, काठमाडौँ, दावाली मिलन क्लब, स्व. केशलाल स्मृति प्रतिष्ठान, हेटौँडा, स्व. शेरबहादुर स्मृति प्रतिष्ठान, मणिमुकुन्द भलिबल क्लब, बुटवल, चन्द्रागिरि नगरपालिका, न्यु डायमन्ड महिला भलिबल टिम, टाइगर ग्रुप अफ पोखरा, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश भलिबल संघ, म्याग्दी जिल्ला भलिबल संघ र बूढानीकण्ठ भलिबल क्लब पनि सम्मानित भएका छन्।

नेपाल पुलिस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .