ad ad

खेल


नेपाललाई पहिलो झट्का, २२ रन जोड्दै आउट भए दीपक

नेपाललाई पहिलो झट्का, २२ रन जोड्दै आउट भए दीपक

तस्बिर : क्यान नेपाल


नेपालखबर
माघ १९, २०८० शुक्रबार १९:३३, काठमाडौँ

आईसीसी यू-१९ विश्वकपअन्तर्गत सुपर सिक्सको रतविरुद्ध भएको खेलमा नेपालले पहिलो क्षति ब्यहोरेको छ।

नेपालका ओपनिङ ब्याटर दीपक बोहोरा १३ औँ ओभरको दोस्रो बलमा क्याच एन्ड बोल्ड भएका हुन्।

उनले ४२ बलमा २२ रन बनाउन सके। बोहोराले आफ्नो पारीमा ३ चौका पनि हाने 

भारतविरुद्धको पहिलो पावर प्लेमा सम्हालिएर खेलेको नेपालले लगत्तै क्षति ब्यहोरेको हो। 

ओपनरहरू अर्जुन कुमाल र दीपक बोहोराले सम्हालिएर खेल्दै नेपालको स्कोर ५० रन पुर्‍याउन लागेका बेला पहिलो विकेट गएको हो। 

अहिले नेपालका लागि ओपनर अर्जुन कुमाल ३८ बलमा १७ रनसहित क्रिजमा छन्। कुमालले ३ चौका पनि हानेका छन्।  

दीपक आउट भएपछि उनको स्थानमा तेस्रो क्रमका उत्तम मगर आएका छन्। 

नेपाल पावर प्लेतर्फ पहिलो बिनाक्षति अघि बढेको थियो। यसअघि न्युजिल्यान्ड, अफगानिस्तान, बंगलादेश र पाकिस्तानसँगको सुरुवात नेपालको राम्रो हुन सकेको थिएन। 

यसअघि सचिन दास र उदय सहरनको शतकीय साझेदारीमा भारतले दिएको २ सय ९८ रनको विशाल लक्ष्य पछ्याउँदै नेपाल जवाफी ब्याटिङमा छ।

आजको खेलमा भारतले जित निकाले समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउनेछ। 

यसअघि दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङग ओभलमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९७ रन बनाएको थियो।

नेपालका लागि भारतविरुद्धको खेल औपचारिकता मात्रै हुनेछ। यसअघि नै सेमिफाइनलको दौडबाट बाहिरिएको नेपालका लागि बलियो भारतविरुद्धको खेल आफ्नो परीक्षण पनि हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .