आईसीसी यू–१९ विश्वकप सुपर सिक्समा भारतविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।
दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङग ओभलमा भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले फिल्डिङ गर्ने भएको हो।
नेपालले आजको खेलमा तिन खेलाडी परिवर्तन गरेको छ।
सेमिफाइनल चरणबाट बाहिरिसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ। नेपाल आजको खेलमा भारतसँग खेल्दै विश्वकप यात्रा अन्त्य गर्नेछ।
भारतविरुद्ध नेपालको सुरुवाती ११ः
अर्जुन कुमाल, दिपक बोहोरा, उत्तम मगर, देव खनाल, विशाल विक्रम केसी, दिपक डुम्रे, गुल्सन झा, दिपेश कँडेल, सुवास भण्डारी, आकाश चन्द, दुर्गेश गुप्ता।
60
Shares
प्रतिक्रिया