ad ad

खेल


प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा कोसी प्रदेशको लगातार पाँचौं हार

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा कोसी प्रदेशको लगातार पाँचौं हार

नेपालखबर
माघ ५, २०८० शुक्रबार १७:५, काठमाडौँ

आशुतोष घिरैयाको आक्रमक ब्याटिङ र इसान पाण्डेले घातक बलिङ गरेपछि कोसी प्रदेशले काठमाडौंमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार पाँचौं हार व्यहोरेको छ।

शुक्रबार भएको खेलमा बागमती प्रदेशसँग ६४ रनले पराजित भएसँगै कोसीले पाँचौं हार व्यहोरेको हो।

कोशीलाई हराएको बागमती प्रदेश भने तेस्रो जित निकाल्दै ६ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ।

पीएम कपका दुई खेलमा हार र तीन खेलमा जित निकालेको बागमती दोस्रो स्थानमा छ।

बागमतीले दिएको २ सय ७४ रनको लक्ष्य पछ्याएको कोशी प्रदेश ४७.१ ओभरमा २ सय ९ रन बनाउँदा अलआउट भयो।

कोसीका सुजन थपलिया र कप्तान अंकित सुवेदीले अर्धशतकीय इनिङस् खेलेपनि टोलीको हार टार्न सकेनन्।

७९ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका सुजन ५९ रनमा सूर्य तामाङको बलमा बोल्ड आउट भए।

६५ बलमा ४ चौका र २ छक्का हानेका अंकित ५३ रनमा क्यात आउट भए।

आशिष भट्टराई ३२ रनमा अविजित रहे। सोनु अन्सरीले २१ र हेमन्त राई १० रनमा आउट भए। अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन्।

कोसीलाई रोक्न बागमतीका लागि इसान पाण्डे एक्लैले ५ विकेट लिए। सूर्य तामाङले २ विकेट झारे। रिजन ढकाल र प्रतिक श्रेष्ठले समान एक विकेट आफ्नो नाममा गरे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको बागमती ४८.३ ओभरमा २ सय ७३ रन बनाउँदा अलआउट भयो।

बागमतीका लागि ओपनर आशुतोषले १ सय १८ रनको पारी खेले। आक्रमक ब्याटिङ गरेका आशुतोष १ सय ११ बलमा १६ चौका र २ छक्का प्रहार गर्दा क्याच आउट भए।

कप्तान रित गौतम ४९ रनमा क्याच आउट भए। रविन जोशीले ४३ र प्रतिक श्रेष्ठले १९ रन थपे।

अन्य ७ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

अभय तिमल्सिनाले ३ विकेट लिए। कमल खत्री र हेमन्त राईले समान २ विकेट लिए। फिर्दोस अन्सारीले १ विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .