ad ad

खेल


भारतमा सावित्राको उत्कृष्ट खेल प्रदर्शन

भारतमा सावित्राको उत्कृष्ट खेल प्रदर्शन

नेपालखबर
माघ २४, २०७६ शुक्रबार ११:१३,

राष्ट्रिय टोली तथा नेपाल एपिएफ क्लबकि स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले भारतीय महिला लिगमा उत्कृष्ट प्रदर्शनलाई जारी राखेकी छिन्।

सावित्राले नयाँ क्लब गोकुलम केरेला एफसीबाट नयाँ सिजनको सुरुवातसँगै लगातार गोल गर्दै आएकी छिन्। आइ लिगको समूह बीमा रहेको गोकुलमले समूह चरणको अन्तिम खेलमा शुक्रबार पनि फराकिलो जित हासिल गरेको छ।

यसअघि नै सेमिफाइनल पुगिसकेको गोकुलमले आज विदेश ११ एससीलाई ५–० ले हराएको हो। आजको जितमा पनि सावित्राले १ गोल गरिन्। उनले खेलको ६३ औं मिनेटमा गोल गरिन्। त्यसअघि उमापती देवीले गोलमा गोकुलमले अग्रता लिएको थियो।

त्यसको एक मिनेट पछि नै कमलाले गोल गर्दै अग्रता दोब्बर पारिन्। सचिन्डाले ५७ र करिष्माले ८६ औं मिनेटमा गोल गरेपछि गोलकुलमले अर्को फराकिलो जित हासिल गर्यो। यो सिजन पहिलो रोजाइमा मैदान उत्रेकी सावित्राले समूह चरणका सबै खेलमा गोल गरेकी छन्। २ खेलमा समान ५ गोल गरेकी उनले ३ खेलमा समान १ गोल गरेकी छन्।

छनोटमा समेत ३ गोल गरेकी सावित्रा १६ गोल सहित उच्च गोलकर्ताको शीर्ष स्थानमा छिन्। साबित्राको टोलिले सेमिफाइनलमा राष्ट्रिय टोलिकि अर्कि सदस्य सम्मीलित सेथु एफसि सङ सोमबार खेल्नेछ।

राष्ट्रिय टोलीका दुई टोलि पहिलो पटक एक अर्का बिरुद्द मैदान उत्रने छन्। गत वर्ष सेथु एफसीलाई च्याम्पियन बनाउने क्रममा सावित्राले १५ गोल गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .