नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानले नेपालसामु १ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ। घरेलु मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै रनको १ सय ९७ रनको योगफल तयार पारेको हो।
सुरुवाती ब्याट्सम्यानलाई सजिलै पवेलियनको बाटो देखाएको नेपालले मध्यक्रममा उत्कष्ट प्रदर्शन गर्न सकेन। एक दिवसीय खेलमा डेब्यु गरेका सुशन भारीले ३ विकेट लिए। निकै किफायती बलिङ गरेका सुसनले आफ्नो स्पेलमा १४ रन खर्चदै १ मेडन राखे।
करण केसीले ४ तथा दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए। ९ ओभर बलिङ गरेका करणले १ मेडन राख्दै ४७ रन दिए। ऐरीले ५ ओभरमा २२ रन खर्चे। आजको खेलमा सन्दिप लामिछानेले कुनै विकेट लिन सकेनन्। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै ४५ रन दिए।

तीव्र गतिका बलर करण केसीले पहिलो ओभरको अन्तिम बलमा ओपनर जतिन्दर सिंहलाई ४ रनमा बोल्ड आउट गरे। ओडीआई डेब्यू खेल खेलि रहेका अभिनाश बोहराले दोस्रो ओभर डट राख्दै दबाब बढाएका थिए। तेस्रो ओभरको तेस्रो बलमा अकीब इलियास रन आउट हुनबाट बचे।
करणले नै सातौं ओभरको चौथो बलमा खावर अलीलाई विनोद भण्डारीबाट ५ रनमा क्याच आउट गराए। आठौं ओभरमा स्पिनर सन्दीप लामिछानेलाई बलिङमा आएका थिए। १३ औं ओभरको तेस्रो बलमा दीपेन्द्र सिंह ऐरीले अकीबलाई १६ रनमा उत्कृष्ट रन आउट गराएपछि नेपाल हाबी बनेको हो।
अकीबले ३४ बलमा २ चौका प्रहार गरे। पारस खड्काले १६ औं ओभर मेडन राखे। १९ औं ओभरको चौथो बलमा स्पिनर सुशन भारीले कप्तान जीशान मकसुदलाई २० रनमा एलवी डब्यू आउट गरे। सुशनको अपिलमा एम्पारले आउट दिएका थिए। उनले ४० बलमा ४ चौका प्रहार गरे। एक बलपछि सुशनले विकेटकिपर सुरज कुमारलाई ज्ञानेन्द्र मल्लबाट शून्यमा क्याच गराएपछि एक समय नेपाल हाबी बनेको हो।

एक समय २० ओभरमा ५ विकेट गुमाएर ५७ रनको स्थितीमा रहेको ओमानका लागि मोहम्मद नदिम र सन्दिप गौढले ६० रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए। सन्दिपले छैटौ
नसिम विकेटका लागि ३३ रनको साथ दिए। मोहम्मद नाविदले अर्धशतक पुरा गरेको इनिङ्समा सिम खुसीले २८, निसन मक्सुदले २०,अकिब लियासले १६ रन जोडे। अन्य ५ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।
नेपालले अहिले ब्याटिङ गरिरहेकाे छ।


प्रतिक्रिया