साफ यू–१९ महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले साविक विजेता बंगलादेशको सामना गर्ने भएको छ।
बंगलादेशको ढाकामा हुने च्याम्पियनसिपमा साविक उपविजेता नेपालले पहिलो खेलमा आगामी माघ २ गते घरेलु टोलीसँग खेल्नेछ।
यसअघि गत माघमा बंगलादेशमा नै भएको साफ यू–२० मा नेपाललाई ३–० गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि जितेको थियो।
नेपालले दोस्रो खेलमा माघ २१ गते भुटानसँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा २३ गते भारतसँग खेल्नेछ।
समूहका शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन्। फाइनल खेल २५ गते बिहिबार हुनेछ।
साफ च्याम्पियनसिपमा घरेलु टोली बंगलादेशसँगै नेपाल, भारत र भुटान गरि चार टोली मात्र सहभागी हुनेछन्।
साफ च्याम्पियनसिप आगमी माघ १९ गतेदेखि २५ गतेसम्म हुनेछ।
42
Shares
प्रतिक्रिया