ad ad

खेल


एनएसएलमा आज काठमाडौँ र ललितपुर भिड्दै

एनएसएलमा आज काठमाडौँ र ललितपुर भिड्दै

फाइल तस्बिर


नेपालखबर
पुस १०, २०८० मंगलबार ८:९, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) को एलिमिनेटरमा आज मंगलबार साविक विजेता काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दै छन्। 

आफ्नो उपाधि होड कायम राख्न आजको खेलमा ललितपुर र काठमाडौँ दुवै टोली जित्नै पर्ने दबाबमा छन्। 

खेल त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा साँझ साढे ५ बजे सुरु हुनेछ। 

लिग चरणको अन्तिम खेलमा काठमाडौँले ललितपुरलाई १–० गोल अन्तरले हराउँदै प्ले अफमा स्थान पक्का गरेको थियो। 
अंक तालिकामा काठमाडौँ तेस्रो र ललितपुर चौथो स्थानमा रहँदै प्ले अफ पुगेका हुन्। 

एनएसएलमा काठमाडौँविरुद्धका सबै खेलमा ललितपुर हारेको छ। ललितपुर आजको खेलमा डिफेन्डर ओमोलाजा करिमबिनै मैदान उत्रनेछ। तीन पहेँलो कार्डका कारण उनी आजको खेलमा उपलब्ध हुने छैनन्। 

यता काठमाडौँ भने महत्त्वपूर्ण दुई खेलाडीबिनै खेल्नेछ। मिडफिल्डर तोजिदिनोभ कोमिवन ३ पहेँलो कार्डका कारण उपलब्ध हुने छैनन्। अर्का डिफेन्डर अमित तामाङले आजको खेल गुमाउनेछन्। अमितले लिग चरणको अन्तिम खेलमा ललितपुरविरुद्धको खेलमा रातो कार्ड पाएका थिए। 

यो खेलको विजेताले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पोखरा थन्डर्ससँग प्रतिस्पर्धा गर्नेछ। 

सोमबार भएको खेलमा धनगढीले पोखरालाई टाइब्रेकरमा ४–३ ले हराउँदै लगातार दोस्रोपटक फाइनलमा स्थान पक्का गरेको थियो। 

पराजित पोखराले भने दोस्रो क्वालिफायरमा काठमाडौ र ललितपुरबीचको खेलको विजेतासँग खेल्नेछ। 

काठमाडौँले अघिल्लो सिजन पहिलो क्वालिफायरमा पराजित भए पनि दोस्रो क्वालिफायर जित्दै फाइनलमा पुगेको थियो। फाइनलमा धनगढीलाई नै हराएर काठमाडौँ पहिलो सिजनको च्याम्पियन बनेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .