ad ad

खेल


कोशी प्रदेशको पहिलो हार, एपीएफ अपराजित रहँदै शीर्ष स्थानमा

कोशी प्रदेशको पहिलो हार, एपीएफ अपराजित रहँदै शीर्ष स्थानमा

नेपालखबर
पुस ९, २०८० सोमबार १६:१६, काठमाडौँ

प्रधानमन्त्री कप महिला टी२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले पहिलो हार बेहोर्दा एपीएफ क्लब भने अपराजित रहँदै शीर्ष स्थानमा यथावत छ।

लिगमा अपराजित रहेको एपीएफले ४ खेलमा अपराजित रहँदै ८ अंक बनाएको छ।

एपीएफले दिएको ८५ रनको मध्यम लक्ष्य एपीएफले १७.३ ओभरमा २ विकेटको क्षतिमा भेटायो।

एपीएफका लागि इन्दु बर्मा ३६ र रोमा थापा १० रनमा नटआउट रहे। इन्दुले ३४ बलमा २ चौका र २ छक्का प्रहार गरिन्।

ओपनर ज्योति पाण्डे २४ रन बनाउँदा क्याच आउट भइन्। कप्तान सीता राना मगर १८ रनमा बोल्ड आउट भइन्।

कोशीका लागि एलिसा खडिया र निशा शाहले समान एक विकेट लिए।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा ८४ रनको योगफल तयार पारेको थियो।

कप्तान रुविना क्षत्री ४१ रनमा क्याच आउट भइन्। ५८ बलमा ४ चौका प्रहार गरेकी रुविना करुणा भण्डारीको बलमा सीता रानागरको हातबाट क्याच आउट भइन्।

काजल श्रेष्ठ २५ र सबनम राई १ रनमा नटआउट रहे। अप्सरी बेगम १३ रनमा क्याच आउट भइन्। एपीएफका लागि सोनु खड्का र करुणा भण्डारीले समान एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .