ad ad

खेल


मधेसको पहिलो जित, गण्डकीको प्ले अफ सम्भावना कमजोर

मधेसको पहिलो जित, गण्डकीको प्ले अफ सम्भावना कमजोर

नेपालखबर
पुस ९, २०८० सोमबार १३:३५, काठमाडौँ

मधेस प्रदेशले प्रधानमन्त्री कप महिला टी२० क्रिकेट प्रतियोगिताको आफ्नो चौथो खेलमा आएर पहिलो जित निकालेको छ। 

मधेसले दिएको १ सय १३ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी प्रदेश २ बल आगावै ८५ रन बनाउँदा अलआउट भयो। तीन खेलमा हार भोगेको गण्डकीको प्ले अफ सम्भावना कमजोर बनेको छ। 

गण्डकीका लागि सुमन खतिवडा ४२ रन बनाउँदा पुजा महतोको बलमा बोल्ड आउट भईन्। उनले ३३ बलमा ६ चौका प्रहार गरिन्। 

सृष्टि जैसीले १५ रन रन बनाउँदा एलबीडब्लु धरापमा परिन्। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

मधेसका लागि पुजा महतो एक्लैले ३ विकेट लिइन्। पूजाले ३.४ ओभरमा १ मेडन राख्दै ७ रन खर्चिइन्। सरस्वती कुमारी, कविता गौतम र साक्षी यादवले समान एक विकेट लिए। 

त्यसअघि माथिल्लो मूलपानी क्रिकेटमा मैदानमा गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १२ रनको योगफल तयार पारेको छ। 

मधेसकी ओपनर पूजा महतो ३८ रनमा रन आउट भइन्। ४३ बलको सामना गरेकी महतोले ५ चौका हानिन्। 

सरस्वती कुमारी २६ र रोजी कडारी २ रनमा नटआउट रहे। प्रतिमा शाह १० रनमो बोल्ड आउट भइन्। अनुराधा चौधरीले ९ रन थपिन्। एलिसा यादव ५ रनमा बोल्ड भइन्। 

मधेसका ३ ब्याटर शुन्य रनमा पवेलियन फर्किए। गण्डकीका लागि सुमन खतिवडा एक्लैले तीन विकेट लिइन्। उनले २ ओभरमा मात्रै १० रन खर्चिइन्। 

कुसुम गोदार र सृष्टि जैसीले समान एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .