ad ad

खेल


एनएसएलमा आज दुई खेल : इलाम–ललितपुर तथा बुटवल–पोखरा भिड्दै

एनएसएलमा आज दुई खेल :  इलाम–ललितपुर तथा बुटवल–पोखरा भिड्दै

फाइल तस्बिर : एनएसलका दर्शक


नेपालखबर
पुस ३, २०८० मंगलबार १२:०, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) मा मंगलबार दुई खेल हुँदै छन्। 

मंगलबार दिउँसो हुने पहिलो खेलमा स्पोर्टिङ इलाम एफसी र ललितपुर सिटी एफसी भिड्ने भएका छन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ। 

नव प्रवेशी इलाम भने एनएसएलको सुखद अन्त्य गर्न चाहन्छ। यसअघि नै प्ले अफ दौडबाट बाहिरिसकेको इलाम आज अन्तिम खेल खेल्दै छ।

इलामले लिगका ७ खेलमा १ खेलमा मात्र जित हासिल गरेको छ। २ खेलमा बराबरी र चार खेलमा हार भोगेको इलामले ५ अंक बनाएको छ। 

ललितपुर आजको खेलमा इलामलाई हराउँदै शीर्ष स्थानमा उक्लँदै प्ले अफमा स्थान पक्का गर्न चाहन्छ।

तेस्रो स्थानमा रहेको ललितपुरको ६ खेलबाट १० अंक बनाएको छ। शीर्ष स्थानको धनगढीको समान ६ खेलमा १२ अंक छ।

आजैको दोस्रो खेलमा बुटवल लुम्बिनी एफसी र पोखरा थन्डर्स भिड्नेछन्। सो खेल साँझ ५ बजे सुरु हुनेछ। 

पोखरा ६ खेलमा ११ अंकसहित दोस्रो स्थानमा रहँदा बुटवल भने समान ६ खेलमा ७ अंक जोड्दै छैटाैँ स्थानमा छ। 

बुटवल आजको खेल जित्दै प्ले अफ सम्भावना बलियो बनाउन चाहन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .