एकदिवसीय विश्वकप क्रिकेट २०२३ को जारी फाइनल खेलमा भारतले अस्ट्रेलियालाई जितका लागि २४१ रनको लक्ष्य दिएको छ।
अहमदाबादको पीएम नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङ गरेको भारतीय टोली ५० ओभरमा २४० रन बनाएर अलआउट भयो। यस विश्वकपमा भारतीय टोली पहिलोपटक अलआउट भएको हो। भारतले खेलेका १० वटै खेल जित्दै सहजै फाइनल यात्रा तय गरेको थियो।
भारतीय टोलीका लागि विराट कोहलीले ५४ र केएल राहुलले ६६ रन बनाए। कप्तान रोहित शर्माले ३१ बलमा ४७ रन बनाएर भारतलाई तीव्र सुरुवात गराए पनि बाँकी खेलाडीले यो गतिलाई निरन्तरता दिन सकेनन्।
अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ३ विकेट लिए। प्याट कमिन्सले २ विकेट लिए।
थप विवरण : विश्वकप जित्न अस्ट्रेलियालाई भारतले दियो २४१ रनको चुनौती
मंसिर ३, २०८०, आइतबार
75
Shares
प्रतिक्रिया