खेल


क्रिकेट नबुझेको भनी गिल्ला गर्ने क्रम बढेपछि हर्क साम्पाङको स्पष्टीकरण– यो मेरो ट्विटर होइन

क्रिकेट नबुझेको भनी गिल्ला गर्ने क्रम बढेपछि हर्क साम्पाङको स्पष्टीकरण– यो मेरो ट्विटर होइन

नेपालखबर
भदौ २०, २०८० बुधबार ७:४५, काठमाडौँ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नामको ट्विटर ह्यान्डलमा क्रिकेटसम्बन्धी गरिएको एउटा पोस्ट निकै ‘ट्रोल’ बनिरहेको छ। 

खासगरी मानिसहरूले मेयर साम्पाङले क्रिकेट खेल नबुझेको भनी खिसिटिउरी गरिरहेका छन्। 

गत सोमबार श्रीलंकामा भएको खेलमा नेपाल भारतसँग १० विकेटले हार्‍यो। नेपालले ४८.२ ओभर खेलेर भारतलाई २३१ रनको लक्ष्य दिएको थियो। तर बीचमै वर्षा भएपछि डीएलएस पद्धतिबाट खेल २३ ओभरमा छोट्ट्याएर भारतलाई १४५ रनको नयाँ लक्ष्य दिइएको थियो। भारतले नयाँ लक्ष्य २०.१ ओभरमा बिनाविकेटको क्षतिमा पूरा गर्‍यो।

यसरी नेपाल हारेपछि राष्ट्रिय झन्डा ओढेको हर्क साम्पाङको तस्बिर राखिएको Harka Sampang A Revolution नामको ट्विटर ह्यान्डलबाट ट्विट गरियो, ‘भारतले फेरि झेली खेल्यो, नेपाली टिमले २३० रन बनायो, भारतले १४५ बनाएर कसरी जित्यो?’

धेरैले उक्त ट्विट मेयर हर्क साम्पाङकै ठानेर उनले क्रिकेट खेल नबुझेको भनी कटाक्ष गरिरहेका छन्। तर साम्पाङले आफ्नो नाममा खोलिएको उक्त ट्विटर ह्यान्डल आफ्नो नभएको अर्थात् फेक भएको स्पष्टीकरण दिएका छन्। 

उनले आफ्नो सक्कली ट्विटर ह्यान्डलबाट भनेका छन्, ‘भ्रममा नपर्नु होला, यो मेरो आईडी हैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad