ad ad

खेल


बौद्ध इन्टरनेसनल स्कुल बन्यो उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताको च्याम्पियन

बौद्ध इन्टरनेसनल स्कुल बन्यो उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताको च्याम्पियन

नेपालखबर
भदौ १४, २०८० बिहिबार १९:७, काठमाडौँ

बौद्ध इन्टरनेसनल स्कुल उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। बौद्धले ब्वाइज र गर्ल्स दुवैको उपाधि आफ्नो पक्षमा परेको हो।

बौद्धले गोकर्णेश्वरको अत्तरखेलमा भएको फाइनल भिडन्तमा टेरेसा एकेडेमीलाई ब्वाइजतर्फ पाखा लागायो। बौद्धले आरोहण श्रेष्ठको ३१ स्कोरको मद्दतमा टेरेसालाई ६३.४२ अंकले पराजित गर्न सफल भयो। 

यता गर्ल्सतर्फ बौद्धले एनसिसिएसलाई हरायो। उपाधि जित्ने क्रममा बौद्ध ३८.३० अंकले विजयी भयो। उसका लागि सजना खत्रीले १३ अंकको योगदान दिइन्। 

प्रतियोगिताको ब्वाइजमा बौद्धका आरोहण तथा गर्ल्समा बौद्धकै डिकी चेनजोम मोस्ट भ्यालुएबल खेलाडी चुनिए। 

यस्तै ब्वाइजतर्फ फुर्वा छेतेन र गर्ल्समा एनसीसीएसकी दिभा महर्जन सर्वाधिक अंक बटुल्न सफल भए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .