बराबरीतर्फ उन्मुख खेलको इन्जुरी समयमा एन्टिनियो ग्रिजम्यान नायक बनेपछि बार्सिलोनाले कोपा डेल रे अन्तर्गत बुधबार राति भएको खेलमा यूडी इबिजालाई २-१ गोलअन्तरले पराजित गरेको छ।
समग्रमा ३० पटक र पछिल्ला ५ मध्ये ४ कोपा डेल रेको उपाधि उचालेको बार्सिलोनाले लियोनल मेस्सी र गेरार्ड पिकेलाई भने यस खेलमा आराम दिएको थियो।
९औं मिनेटमा इबिजाका जाभो पेरेजले बार्सिलोनाविरुद्ध अग्रता बनाएका थिए। तर फ्रान्सका स्टार ग्रिजम्यानले ७२औं मिनेटमा बराबरी गोलमात्रै फर्काएनन्, इञ्जुरी समयमा निर्णायक गोल समेत गरे।
3
Shares
प्रतिक्रिया