ad ad

खेल


स्पेनिस महिला फुटबल खेलाडी भन्छिन्– किस गर्न मैले अध्यक्षलाई अनुमति दिएको थिइनँ

स्पेनिस महिला फुटबल खेलाडी भन्छिन्– किस गर्न मैले अध्यक्षलाई अनुमति दिएको थिइनँ

स्पेनिस महिला फुटबल खेलाडीलाई चुम्बन गर्दै स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेस।


नेपालखबर
भदौ ९, २०८० शनिबार ९:५३, काठमाडौँ

स्पेनिस महिला फुटबल खेलाडी जेनी हर्मोसोले स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले आफूलाई चुम्बन गर्दा आफ्नो सहमति नभएको बताएकी छन्।

स्पेनका ८० जनाभन्दा बढी महिला खेलाडीले रुबियालेसलाई पदबाट नहटाएसम्म मैदान नजाने बताएका छन्।

गत आइतबार महिला विश्वकपको फाइनलमा स्पेनले इंग्ल्यान्डलाई हराएको थियो। त्यही क्रममा रुबियालेसले स्पेनकी महिला खेलाडी जेनी हर्मोसोलाई किस गरेका थिए। 

त्यसयता उनको राजीनामाको माग भइरहेको छ। तर उनले यसलाई बेवास्ता गरिरहेका छन्। 

शुक्रबार रुबियालेसले राजीनामा दिन अस्वीकार गर्दै उत्तेजक भाषणमा किस  इच्छाबमोजिम गरिएको दाबी गरेका थिए। 

स्पेन सरकारले रुबियालेसलाई पदबाट हटाउन कानुनी प्रक्रिया सुरु गरेको छ। स्पेनमा फुटबलका धेरै महत्त्वपूर्ण प्रायोजकहरूले पनि उनलाई कारबाहीको माग गरिरहेका छन्।

विजय उत्सवमा स्पेनकी महारानी लेटिजियाको नजिक उभिएर रुबियालेसले आफ्नो गुप्तांग छोएकोमा पनि उनको आलोचना भइरहेको छ। जुन घटनाले स्पेनमा महिला अधिकारसम्बन्धी लामो समयदेखि जारी विवादलाई बढाएको छ।

रुबियालेस सन् २०१८ देखि स्पेनिस फुटबल महासंघका अध्यक्ष छन्।

स्पेनी सरकारका धेरै मन्त्रीले पनि उनको व्यवहारको आलोचना गरेका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .