आठौं चरणको पहिलो दिन बुधबार उपाधि दाबेदार मानिएका मछिन्द्र क्लब र विभागीय नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हँुदैछ।
खेल दिउँसो ३ बजेपछि त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुनेछ।
मछिन्द्र ७ खेलबाट १३ अंक जोडेर अंकतालिकाको दोस्रो स्थानमा छ। मछिन्द्रले हालसम्म ४ मा जित २ बराबर र १ मा हार व्यहोरेको छ।
७ खेल खेलेको पुलिसको ११ अंक छ। छैठौं स्थानमा रेहेको पुलिसले ३ मा जित, २ बराबरी र २ मा हार व्यहोरेको छ।
आजको खेलमा पुलिसलाई पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लने योजनामा छ। पुलिसलाई पराजित गर्न सके मछिन्द्रले शीर्ष स्थानको आर्मीसँग अंक बराबरी गर्नेछ। आजको खेलमा बराबरी या हारले भने मछिन्द्रको उपाधि यात्रामा धक्का लाग्नेछ।
पुलिसविरुद्ध मछिन्द्रले स्ट्राइकर विशाल राई ‘ए’ लाई पनि खेलाउन सक्नेछ। मछिन्द्रले मंगलबार मात्रै विशाल राई ‘ए’ लाई क्लबमा सम्झौता नवीकरण गरेको छ। उनले गत सिजन पनि मछिन्द्रबाटै लिग खेलेका थिए।
लिगमा औसत प्रदर्शन गरिरहेको पुलिस मछिन्द्रलाई स्तब्ध पार्दै लिगको दोस्रो स्थानमा उक्लने दाउमा छ।
प्रतिक्रिया