ad ad

खेल


क्यानका केन्द्रीय सचिव दुर्गाराजलाई हेटौंडामा मोबिल छ्यापियो

क्यानका केन्द्रीय सचिव दुर्गाराजलाई हेटौंडामा मोबिल छ्यापियो

नेपालखबर
साउन २७, २०८० शनिबार १५:५१, हेटाैंडा

मकवानपुर क्रिकेट संघ (क्यान) मकवानपुरको जिल्ला अधिवेशनमा आएका क्यानका केन्द्रीय सचिव दुर्गाराज पाठकमाथि कालो पदार्थ छ्यापिएको छ।

शनिबार बिहान हेटौंडामा जिल्ला क्रिकेट संघ मकवानपुरको आठौं साधारण सभा तथा चौथो अधिवेशनमा सहभागी हुन पुगेका पाठकमाथि अज्ञात समूहले कालो पदार्थ छ्यापेका हुन्।

स्कुटरमा आएका दुई जनाले पाठक खाना आइरहेको बेलामा कालो पदार्थ छ्यापेर भागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेक कार्कीले जानकारी दिए।

उनका अनुसार उक्त कालो पदार्थ मोबिल रहेको पाइएको छ।  ‘खाना खाइरहेको बेलामा आएका दुई जनाले छ्यापेर भागेका छन्,’ उनले भने। 

केही मोबिल पाठकको कपडामा लागेको छ।

घटनापछि प्रहरी कार्यालयमा पाठकले निवेदन समेत दिएका छन्। मोबिल छ्याप्ने व्यक्तिहरूको पहिचान नखुले पनि सिसिटिभी फुटेज भेटिएको छ।

प्रहरीले फुटेजको आधारमा उनीहरूको खोजी गरिरहेको छ। अहिले अधिवेशन स्थलमा प्रहरी तैनाथ गरिएको छ।

प्रहरीले ती युवाहरुको खोजी कार्य भइरहेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .