ad ad

खेल


बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक

बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक

नेपालखबर
असार २८, २०८० बिहिबार १६:२१, काठमाडौँ

बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ। 

ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा हुने खेल साँझ सवा ५ बजे हुनेछ।  

नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा बंगालदेशविरुद्धको टोली घोषणा गरेका हुन्।

आजको खेलमा मुख्य डिफेन्डर गीता रानाबिना नै नेपाली टोली मैदान उत्रनेछ। 

भारतसँगको मैत्रीपूर्ण खेलमा घुँडामा चोट लागेपछि बाहिर रहेकी गीताले बंगालदेशविरुद्धको टोलीमा पुनरागमन गरेकी थिइन्। तर अस्वस्थताका कारण उनी आजको खेलमा बेन्चमा छिन्। 

घुडाँको शल्यक्रियापछि मिडफिल्डर प्रीति राईले बंगालदेशसँगको खेलबाट पुनरागमन गर्दैछिन्। प्रीति एएफसी यू २० छनोट अन्तर्गतको खेलमा घाइते भएकी थिइन्। 

बंगलादेशविरुद्ध नेपाली टोलीको आक्रमणको जिम्मा मुख्य फरवार्ड सावित्रा भण्डारीलाई दिइएको छ। 

सावित्रालाई प्रीति राई र अमिसा कार्कीले आक्रमणमा साथ दिनेछन्। मिडफिल्डमा रेनुका नगरकोटे, सरु लिम्बु र दीपा शाही रहनेछन्। 

यस्तै डिफेन्समा अमृता जैशी र समीक्षा घिमिरे रहनेछन्। विमला विक र हिराकुमारी भुजेलले विंगब्याकमा खेल्नेछन्। 

गोलरक्षकमा कप्तान एन्जिला तुम्बापो सुब्बा रहनेछिन्।


 
डिफेन्डर गीता राना, पुजा राना, निशा थोकर, अञ्चली वाइवा, मिडफिल्डर अनिता केसी, विमला चौधरी, सविता रानामगर, फरवार्ड रश्मी कुमारी घिसिङ, अनिता बस्नेत र गोलरक्षक अञ्जना राना मगर र उषा नाथ वैकल्पिक खेलाडीको रुपमा रहनेछन्। 

नेपालको सुरुवाती ११ 
फरवार्ड : सावित्रा भण्डारी
मिडफिल्डर : रेनुका नगरकोटे, सरु लिम्बु, प्रिती राई, अमिषा कार्की, दिपा शाही, 
डिफेन्डर : विमला विक, समीक्षा घिमिरे, अमृता जैसी, हिरा कुमारी भुजेल 
गोलरक्षक : एञ्जिला तुम्बाप्पो सुब्बा (कप्तान)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .