खेल


ए डिभिजन लिगः च्यासल र एपीएफको गोलरहित बराबरी

ए डिभिजन लिगः च्यासल र एपीएफको गोलरहित बराबरी

नेपालखबर
पुस २८, २०७६ सोमबार १३:३,

च्यासल युथ क्लव र शसस्त्र प्रहरीको एपीएफ क्लवले सहिद स्मारक ए डिभिजन लिगमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौको दशरथ रगंशालामा सोमबार भएको खेलमा दुवै टोलीले बराबरी गरे। खेलमा दुवै टोेलीले गोल गर्ने अवसर पाएपनि त्यसको सदुपयोग गर्न सकेनन्।

आजको खेलमा बराबरी गरेपनि दुवै टोलीले एक स्थान सुधार गरेका छन्। एपीएफ १ अंक थप्दै १२ र च्यासल नवौ स्थानमा आएको छ। छैटौं चरणसम्म च्यासलले १ मा जित निकालेको थियो भने २ खेलमा हार र ३ मा बराबरी गरेको छ। ६ खेलबाट च्यासलले ६ अंक जोडेको छ। १ खेलमा मात्र जित निकालेको एपीएफले २ खेल बराबरी गर्दा ३ खेलमा पराजित हुँदै ५ अंकमा १२ औं स्थानमा छ।

छैटौ चरणको अन्तिम खेलमा मगंलबार त्रिभुवन आर्मी क्लव र संकटाबीच प्रतिस्पर्धा हुनेछ।

आजै भएको पहिलो खेलमा दर्शन गुरुङको निर्णायक गोलमा न्युरोड टिम एनआरटीले लिगमा तेस्रो जित दर्ता गरेको थियो। छैटौं चरणको सोमबारको पहिलो खेलमा एनआरटीले विभागीय नेपाल पुलिस क्लबलाई १–० ले पाखा लगाएको हो।

खेलको ७६ औं मिनेटमा दर्शन गुरुङले आकर्षक गोल गरेका थिए। जितसँगै एनआरटीले ३ स्थान सुधार गरेको छ। खेलको ८६ औं मिनेटमा एनआरटीले गोलको राम्रो प्रयास गरेपनि पुलिसका गोलरक्षकले त्यसको बचाउ गरे।

जितसँगै एनआरटी छैटौ स्थानमा उक्लेको छ भनो पुलिस एक स्थान तल झरेको छ। हारसँगै पुलिस र एनआरटीको बराबर ८ अंक भएको छ।

६ खेलमा एनआरटीले १ खेलमा हार भोग्दा २ मा बराबरी र ३ मा जित दर्ता गरेको थियो। पुलिसले ६ मध्ये २ खेलमा जित २ बराबरी खेलेको छ भने २ खेलमा हार बेहोरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad