ad ad

खेल


नेपाल-यूएईबीचको खेल हेर्न ११ हजार टिकट बिक्री

नेपाल-यूएईबीचको खेल हेर्न ११ हजार टिकट बिक्री

फाइल तस्वीर


नेपालखबर
चैत २, २०७९ बिहिबार ८:१२, काठमाडौँ

आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय  सिरिजअन्तर्गत आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै छ।

बिहान ९:३० बजेदेखि त्रिवि क्रिकेट मैदानमा हुने अन्तिम खेल हेर्न सबै टिकट चैत १ गते नै बिक्री भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। क्यानका अनुसार आजको खेल हेर्नका लागि ११ हजार टिकट बिक्री भएको छ। जसमध्ये १० हजार टिकट अनलाइनबाटै बिक्री भएको क्यानले जनाएको छ।

यो खेल जितेमा नेपाल विश्वकप क्वालिफायर खेल्न छनोट हुनेछ। 

खेलमा दर्शकको ठूलो संख्या हुने भएकाले संयमित भएर खेल मैदानमा उपस्थित हुन तथा बालबालिका र वृद्धवृद्धालाई सुरक्षित रूपमा घरमै बसेर प्रत्यक्ष प्रसारण हेर्न क्यानले आग्रह गरेको छ।

लिग २ मा पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालले ओडीआई वरीयतामा ठूलो सुधार गरेको छ। ओडीआई वरीयतामा १६औं स्थानमा उक्लिएको नेपालले पछिल्ला ११ मध्ये १० खेल जितेको छ।

ओडीआईको नयाँ वरीयताअनुसार नेपालले १ हजार १६७ अंक पाएको छ। नयाँ ओडीआई वरीयतामा ५ हजार १० अंकसहित भारत शीर्ष स्थानमा छ। अस्ट्रेलिया र न्युजिल्यान्ड क्रमश: दोस्रो र तेस्रो स्थानमा छन्।

लिग २ का ३५ खेलमा ३८ अंक जोड्दै नेपाल चौथो स्थानमा उक्लिएको छ। आज यूएईसँगको खेल जिते नेपालले सोझै एकदिवसीय विश्वकप छनोट खेल खेल्न पाउनेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .