ad ad

खेल


सन्दीप लामिछाने क्रिकेट खेल्न यूएई उडे

सन्दीप लामिछाने क्रिकेट खेल्न यूएई उडे

फाइल तस्बिर


नेपालखबर
फागुन १७, २०७९ बुधबार १७:३१, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछाने आईसीसी लिग डिभिजन २ अन्तर्गत यूएईमा जारी त्रिदेशीय सिरिज खेल्न त्यसतर्फ उडेका छन्। 

यूएईमा जारी आइसीसी विश्वकप लिग २ अन्तर्गत पपुवा न्यु गिनी र यूएई सम्मिलित सिरिजका लागि सन्दीप बुधबार दिउँसो त्यसतर्फ लागेका हुन्। 

क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीपलाई यूएई पठाउन आईसीसीसँग पत्राचार भइसकेको बताए। आईसीसीले सन्दीपलाई सिरिजमा सहभागी गराउन अनुमति दिएसँगै यूएई पठाइएको हो।

सन्दीपलाई सोमबार सर्वोच्च अदालतले विदेश जान अनुमति दिएसँगै क्यानले खेलाडी  परिवर्तनका लागि प्रक्रिया सुरु गरेको थियो।

सन्दीपलाई यूएई सिरिजमा पठाउन क्यानले सोमबार नै आइसीसीलाई पत्रचार गरेको थियो। 

सन्दीपलाई यूएई पठाउँदा क्यानले एक जना खेलाडीलाई नेपाल फिर्ता बोलाउने निर्णय लिएको छ। यूएईमा रहेका नेपाली टिमका श्याम ढकाल (मौसम) घाइते छन्।

उनी नेटमा प्रशिक्षणका क्रममा घाइते भएका छन्। स्रोतका अनुसार ढकाल प्रशिक्षणका क्रममा काँधमा चोट लागेर घाइते भएका हुन्। 

सन्दीपले श्याम ढकालको स्थान लिने बताइएको छ। श्याम ढकालको स्थान लिएपछि सन्दीपले बिहीबार नै सम्भवत: यूएईविरुद्धको खेलमा बलिङ गर्न सक्नेछन्। 

यसअघि सर्वोच्च अदातलतले विदेश भ्रमण गरेर फर्किएको १५ दिनभित्र सन्दीपले उपस्थित हुने गरि सर्वोच्चले सन्दीपलाई विदेश जान अनुमति दिएको थियो। 

सन्दीपलाई यूएई लगेर फर्काउने जिम्मा क्यानले नै लिने सचिव पाठकले बताएका छन्। 'सन्दीप हाम्रो खेलाडी हो, हाम्रो खेलाडीको जिम्मा हामी लिन्छौँ', उनले भने।  

सन्दीपलाई अमेरिकाबाट क्यानले नै फर्काएको भन्दै सचिव पाठकले उनको भाग्ने कुनै मनसाय नरहेको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .