ad ad

खेल


पेलेका कहानी : रेफ्रीलाई नै मैदानबाट निकाले, ५० वर्षमा कप्तान, युरोपेली क्लबमा खेलेनन्

राष्ट्रपति बन्न सक्थे, खेलकुदमन्त्री बने
पेलेका कहानी : रेफ्रीलाई नै मैदानबाट निकाले, ५० वर्षमा कप्तान, युरोपेली क्लबमा खेलेनन्

नेपालखबर
पुस १५, २०७९ शुक्रबार १३:४७, काठमाडौँ

सन् १९७७ मा  सन्यास लिएका प्रख्यात फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। विश्व फुटबलका महान खेलाडीको छवि बनाएका पेलेको बिहीबार निधन भएको हो। तीनपटक विश्वकपको उपाधि जित्ने पेले एक्ला खेलाडी हुन्। उनले आफ्नो करिअरमा १ हजार ३६३ खेलमा १ हजार २८१ गोल गरेका छन्।  

पेलेको खेल र कीर्तिमानका धेरै कहानी विश्वप्रसिद्ध छन्। तर उनका केही यस्ता कहानी पनि छन्, जुन धेरैलाई थाहा नहुन सक्छ। यहाँ पेलेका केही रोचक किस्साको चर्चा गरिएको छ। 

पेलेको कारण मैदान छाडेका थिए रेफ्रीले
सन् १९६८ को जुन १८ मा बोगोटामा पेलेको क्लब सान्तोस र कोलम्बियाको ओलम्पिक स्वाडबीच एक मैत्रीपूर्ण खेल भइरहेको थियो।

यो क्रममा रेफ्री गुइलेरमो केलासक्वेजले पेलेलाई मैदानबाट बाहिर जान निर्देशन दिए। (रेड कार्ड प्रयोग सन् १९७० मा सुरु भएको थियो।) पेलेमाथि अर्का खेलाडीलाई फउल गरेको आरोप थियो। वेलाक्वेजले पेलेले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएका थिए। 

यद्यपि रेफ्रीको यो निर्णयमा ठूलो विवाद भएर यसको विरोध सुरु भयो। सान्तोसका खेलाडीले रेफ्रीलाई घरे। खेलको तस्बिरमा वेलाजक्वेलको आँखा कालो भएको देख्न सकिन्छ। 

त्यहाँ उपस्थित दर्शकहरुले पनि रेफ्रीको विरोध गरेका थिए। सन् २०१० मा दिएको एक अन्तर्वार्तामा उनले आफू मैदानबाट बाहिरिनु परेको बताएका थिए। उनले आफ्नो सिठ्ठी सहायक रेफ्रीलाई दिएर मैदान छाडेका थिए। तर पेलेलाई खेलमा पुनः फिर्ता बोलाइएको थियो। 

पेलेले साँच्चै रोकेका थिए युद्ध? 
सन् १९६० को दशकमा पेलेको सान्तोस फुटबल क्लब विश्वको सबैभन्दा चर्चित क्लबमध्येको एक थियो। यसको फाइदा उठाउँदै यो क्लबले विश्वभर धेरै मैत्रीपूर्ण खेल खेल्ने गर्थ्यो।

यस्तै खेल नाइजेरियाको युद्धग्रस्त क्षेत्रमा सन् १९६९ फेब्रुअरी ४ मा खेलाइएको थियो। यो खेलमा सान्तोस क्लबले बेनिनि सिटीको एक स्थानीय क्लबलाई २–१ ले हराएको थियो। 

त्यतिबेला नाइजेरियामा रक्तपातपूर्ण गृहयुद्ध चलिरहेको थियो। इतिहासकार ग्युहरमे गोरचेका अनुसार ब्राजिलका खेलाडी र अधिकारीहरु सुरक्षाको विषयलाई लिएर चिन्तित थिए।

त्यसैले दुवै पक्षले युद्धविरामको निर्णय गरेका थिए। यो कहानीको सत्यताबारे धेरैले फरक फरक कुरा उल्लेख गरेका छन्। पेलेको पहिलो आत्मकथा सन् १९७७ मा पहिलोपटक प्रकाशित भएको थियो। तर उनले यो घटनाबाे केही लेखेका थिएनन्। 

यद्यपि ३० वर्षपछि प्रकाशित दोस्रो आत्मकथामा उनले यसको चर्चा गरेका थिए। उक्त पुस्तकमा खेलाडीहरुलाई ‘गृहयुद्धको एक झलक खेलको लागि अन्त्य हुन सक्छ’ भन्ने बताइएको उल्लेख गरेका छन्।

पेलेले लेखेका छन्, ‘मलाई यो थाहा छैन कि यो पूर्णरुपमा सही हो वा होइन। तर नाइजेरियाले जुन समयमा हामी त्यहाँ थियौं, त्यसबेला कुनै पनि घुसपैठ नहुने सुनिश्चितता गरेको थियो।’ 

बिटल्सलाई गरे बेवास्ता
सन् १९७५ मा न्युयोर्क कसमस क्लबमा खेल्न पेले अमेरिकाको न्युयोर्क गए। त्यहाँ उनले अंग्रेजी सिक्न सुरु गरे। एकपटक उनको भेट बिटल्सका पूर्व गायक र गिटारिस्ट जोन लेननसँग भएको थियो। उनीबारे सन् २००७ मा पेलेले लेखेका थिए, ‘लेनन त्यतिबेला जापानी भाषा सिकिरहेका थिए।’ 

पेलेका अनुसार लेननले आफूसँगै आफ्ना साथीहरुसँग इंग्ल्याण्डको होटलमा ब्राजिली टोलीसँग भेट्ने प्रयास गरेका थिए। उनीहरुलाई ब्राजिलको फुटबल एसोसिएसनका निर्देशकले भेट्न दिएका थिएनन्। 

किन खेलेनन् युरोपमा? 
पेलेका आलोचक भने उनले युरोपेली क्लबमा नखेल्नु फाइदाजनक भएको बताउँछन्। पेलेको समस्या भने उनी करिअरको उत्कर्षमा रहेको समयमा विदेश जान रोक लगाइएको थियो।

सान्तोस क्लबले रियल मड्रिड र एसी मिलानजस्ता क्लबले गरेको प्रस्ताव अस्वीकार गरेको थियो। त्यतिबेला खेलाडीले कुन क्लबबाट खेल्छन् भन्ने निर्णय अधिकार उनीहरुको हातमा हुँदैनथ्यो। 

उनलाई ब्राजिलमा नै राख्ने दबाब सरकारको तर्फबाट पनि आएको थियो। सन् १९६१ मा तत्कालीन राष्ट्रपति जेनियो क्वाड्रोसले पेले राष्ट्रपतिय सम्पत्ति भएको र उनलाई निर्यात नगरिने घोषणा गरेका थिए। यद्यपि उनी सन् १९७५ मा अमेरिकाको न्युयोर्क कसमसमा अबद्ध भएका थिए। 


५० वर्षमा ब्राजिलका कप्तान 
पेले केवल एकपटक ब्राजिलको कप्तान बनेका थिए। यसअघि उनले क्लब र देश दुवैको प्रस्ताव अस्वीकार गरेका थिए।

राष्ट्रिय टोलीबाट अवकाश लिएको १९ वर्षपछि सन् १९९० मा उनले कप्तानको हैसियतमा एक मैत्रीपूर्ण खेलमा भाग लिएका थिए।

त्यतिबेला ब्राजिलको प्रतिस्पर्धा 'रेस्ट अफ द वर्ल्ड टिम'सँग भएको थियो। यो खेल पेलेको ५० औं जन्मदिनको अवसरमा गरिएको थियो। यो खेलको सुरुवाती ४५ मिनेट पेलेले खेलेका थिए। 

पेलेको ‘अपहरण’ 
सान्तोस क्लबका खेलाडी सन् १९७२ सेप्टेम्बर ५ मा त्रिनिदाद र ट्याबेगोमा खेलिने एक खेलप्रति खुसी थिएनन्। टोलीका डिफेन्डर ओबेरेदानले ब्राजिलको एक अखबारलाई सन् २०१० मा दिएको अन्तर्वार्तामा भनेका थिए, ‘खेल तीव्र गतिमा सञ्चालन हुनुपर्छ ताकि हामी पुनः छिट्टै आफ्नो प्लेनमा फिर्ता जान सकौ भन्ने शर्तमा खेलका लागि तयार थियौं।’ 

यद्यपि खेलको ४३ औँ मिनेटमा पेलेले गरेको गोलपछि पोर्ट अफ स्पेन स्टेडियमका दर्शक अनियन्त्रित भएका थिए। त्यसबेला दर्शक मैदानभित्र छिरेका थिए।

केही समयमा पेलेलाई काँधमा बोकेर दर्शकहरु सडकमा हिँड्न थालेका थिए। उत्सवको यो माहोलमा पेलेलाई त्यहाँबाट फिर्ता ल्याउनु त्यति सहज थिएन। उनलाई फिर्ता ल्याउन धेरै मिहिनेत गर्नु परेको थियो।

सिलवेस्टर स्टेलन देखिए फिका
सन् १९८० सम्म सिलवेस्टर स्टेलन एक चर्चित नाम बनिसकेको थियो। उनको फिल्म ‘एस्केप टु भिक्ट्री’को शुटिङ १९८० मा सुरु भएको थियो। यो फिल्म दोस्रो विश्वयुद्धको क्रममा नाजी र कैदीहरुको समूहको बारेमा एक काल्पनिक कहानी थियो।

धेरै पूर्व फुटबल खेलाडी र त्यतिबेला खेल्ने खेलाडीसँग पेले पनि यसको हिस्सा थिए। पेलेले एक सिनमा एक्रोब्याटिक बाइसाइकल शट पनि हानेका थिए।

पेलेले ब्राजिलको वेबसाइट यूओएललाई दिएको एक अन्तर्वार्तामा यो सट वास्तवमा स्टेलनले हान्नुपर्ने बताएका थिए। उनले भने, ‘स्क्रिप्टअनुसार स्टेलनले सट हान्नुपर्ने थियो र म गोलकिपर थिएँ।’

उनले हाँस्दै भने, ‘तर उनले बल हान्नै सकेनन्।’ 

यदि पेलेल गोलकिपर बनेका थिए भने पनि सायद उनले निराश भने बनाउने थिएनन्। उनले सान्तोसबाट खेल्दा पनि चार खेलमा गोलकिपरको भूमिका निभाएका थिए।

जसमा सन् १९६४ म खेलिएको ब्राजिलियन कपको सेमिफाइनल पनि सामेल छ। ब्राजिलले सबै खेल जितेको थियो। पेलेले कुनै पनि खेलमा एक गोल पनि हुन दिएनन्। 

विश्वभर पेले एकमात्र छैनन् 
पेलेका समर्थकहरु ‘दियर इज ओन्ली वान पेले’ (विश्वभर पेले एकमात्र छन्) भन्ने गीत गाउँछन् तर यो सत्य भने होइन।

पेले नाम गरेका विश्वका धेरै मानिस छन्। यी मानिसहरु फुटबल र बाहिर पनि छन्। अफ्रिकाका चर्चित खेलाडी अबेदी एयूलाई अबेदी पेलेको नामले चिनिन्छ। घानाका यी खेलाडीले युरोपका धेरै क्लबका लागि खेलेका छन्। 

इंग्ल्याण्डका केप वर्डेका डिफेन्डर पेड्रो मोन्टेरो सन् २००६ मा साउथाम्टनमा जोडिएका थिए। उनी पनि पेले नामले चिनिन्छन्। उनलाई बाल्यकालमा नै यो नाम दिइएको थियो। 

पेलेलाई आमाबाबुले दिएको नाम एडसन पनि निकै चर्चिन भएको थियो। ब्राजिलियन इन्स्टिच्युट अफ जियोग्राफीका एण्ड स्ट्याटिस्टिकका अनुसार ब्राजिलमा सन् १९५० को दशकमा ४३ हजार ५११ जनाको नाम एडसन राखिएको थियो। दुई दशकपछि पेलेको गोलको संख्या एक हजार पार गरेको थियो। यो नामको संख्या पनि १ लाख ११ हजार भएको थियो। 

राष्ट्रपति बन्न सक्थे पेले? 
सन् १९९० मा पेलेले सन् १९९४ मा हुने राष्ट्रपतीय निर्वाचनमा उठ्ने विषयमा सोचिरहेको बताएका थिए। उनको सोच त पूरा भएन तर राजनीतिमा प्रवेश भने गरे।

उनी सन् १९९५ देखि १९९८ सम्म खेलमन्त्री बनेका थिए। उनले ब्राजिलका फुटबल खेलाडीलाई क्लब छान्ने थप अधिकार दिने कानुन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले खेल्दा यो सम्भव थिएन। बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .