ad ad

खेल


युनाइटेडले ओल्ड ट्राफोर्डबाट हटाउन  थाल्यो रोनाल्डोको पोष्टर

युनाइटेडले ओल्ड ट्राफोर्डबाट हटाउन  थाल्यो रोनाल्डोको पोष्टर

नेपालखबर
मंसिर १, २०७९ बिहिबार १२:५३, काठमाडौँ

विश्वकप सुरु हुनु अघि म्याचेष्टर युनाइटेडले ओल्ड ट्राफोर्डबाट क्रिस्टियानो रोनाल्डोको पोष्टर हटाएको छ। 

पछिल्लो समय क्लब र रोनाल्डोबीच विवाद बढसँगै ओल्ड ट्राफोर्टबाट उनको पोष्टर हटाएको हो।  

विश्वकप सुरु हुनु अघि रोनाल्डोले एक अन्तवार्तामा क्लबको आलोचना गर्दै म्यानचेष्टर सिटी जाने संकेत गरेका थिए। 

त्यसकै प्रतिक्रियास्वरुप क्लबले उनको पोष्टर हटाएको हो। युनाइटेडले रोनाल्डोको पोष्टर हटाएसँगै अब उनका लागि ओल्ड ट्राफोर्डको ढोका बन्द गरेको सन्देश दिएको छ। यो बारेमा क्लबले भने आधिकारिक धारणा केही सार्वजनिक गरेको छैन। 

पछिल्लो समय रोनाल्डो र क्लबको सम्बन्धमा चिसोपन आएको थियो। खराब लयबाट गुज्रिरहेका रोनाल्डोलाई क्लबले खासै चासो दिएको छैन।

रोनाल्डोले एक टेलिभिजन अन्तर्वार्तामा आफूलाई क्लबले धोका दिएको बताएका थिए। 

बुधबार सार्वजनिक अन्तवार्ताको पहिलो अंशमा उनले ओल्ड ट्राफोर्डका आफ्ना अनुभव सुनाएका थिए। यता प्रशिक्षक पेप ग्वार्डिओलाले पनि रोनाल्डो सिटी आउन चाहेको पुष्टि गरेका छन्। 

विश्वकप सकिएसँगै जनवरीमा खेलाडीहरुको ट्रान्सफर मार्केट खुल्ला हुनेछ। जहाँ रोनाल्डोको अबको गन्तव्य तय हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .