ad ad

खेल


एल–क्लासिको भइरहँदा क्याम्प नाउ बाहिर प्रदर्शन, ४६ जना घाइते

एल–क्लासिको भइरहँदा क्याम्प नाउ बाहिर प्रदर्शन, ४६ जना घाइते

नेपालखबर
पुस ३, २०७६ बिहिबार ६:१९,

बुधबार राति बार्साको घरेलु मैदानमा भएको ला लिगा खेलमा बार्सा र रियल मड्रिड दुवैले गोल गर्न नसकेका हुन्।

यस खेलसँगै दुवैले एक–एक अंक बाँडेका हुन्।

यस खेलसँगै बार्सा र मड्रिड दुवैको समान ३६–३६ अंक भएको छ। गोल अन्तरका आधारमा बार्सा शीर्ष र मड्रिड दोस्रो स्थानमा छ।

क्याम्प नाउ बाहिर प्रदर्शन

बुधबार राति क्याम्प नाउमा बार्सा र मड्रिडबीच प्रतिस्पर्धा भइरहँदा स्टेडियम बाहिर स्वतन्त्र क्याटलोनिया पक्षधरले प्रदर्शन गरेको बीबीसीले जनाएको छ।

Image result for el clasico clash

प्रदर्शनकारीले सडकमा आगो बालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए। सो क्रममा झडप हुँदा ४६ प्रदर्शनकारी घाइते भएको जनाइएको छ।

क्याटलोनियामा भएको प्रदर्शनकै कारण एल–क्लासिकोको खेल डिसेम्बरको लागि सरेको थियो। यसअघि अक्टोबरमा यस खेल हुने तय भएको थियो।

तर अदालतले ९ जना स्वतन्त्र क्याटलोनिया पक्षधरका नेतालाई जेल सजाय सुनाएपछि अक्टोबरको खेल डिसेम्बरको लागि सरेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .