महिला १० हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन्।
नवौँ राष्टिय खेलकुद अन्तर्गत पोखरा रगंशालामा शनिबार भएको महिला १० हजार मिटर दौडमा श्रेष्ठले राजपुरा पछाईलाई पराजित गर्दै स्वर्ण पक्का गरेकी हुन्।
एपीएफ क्लबकी पुष्पा भण्डारीले कास्य पदक हात पारेकी छिन्। सन्तोषीले निर्धारित दुरी ३६ मिनेट १२ सेकेन्डमा पूरा गरिन्। त्यस्तै, राजपुराले ३६ मिनेट २९ सेकेन्डमा सो दुरी पार गरिन्।
भण्डारीले भने निर्धारित दुरी ३७ः०४ मिटरमा पुरा गर्दै तेस्रो बनेकी हुन्।
69
Shares
प्रतिक्रिया