भारतले अष्ट्रेलियाविरुद्धको टी२० सिरिज आफ्नो नाममा गरेको छ।
आइतबार राति भएको अन्तिम खेलमा जित हात पार्दै भारतले अष्ट्रेलियाविरुद्धको सिरिजमा कब्जा जमाएको हो।
आइतबार भएको अन्तिम खेलमा १८७ रनको विजयी लक्ष्य पाएको भारतले एक बल बाँकी छँदै चार विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।
आइतबारको खेलमा भारतलाई जित दिलाउने क्रममा विराट कोहलीले ६३ तथा सूर्यकुमार यादवले ६९ रनको पाली खेले।
यसअघि पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १८६ रन बनाएको थियो।
अष्ट्रेलियाका लागि क्यामरुन ग्रिनले ५२ रन तथा टिम डभिडले ५४ रनको अर्धशतकीय पाली खेलेका थिए।
भारतका लागि अक्षर पटेलले तीन विकेट लिए।
असोज १०, २०७९, साेमबार
48
Shares
प्रतिक्रिया