ad ad

खेल


केन्याविरुद्धको टी–२० सिरिज नेपाललाई, निर्णायक खेलमा ३१ रनले विजयी

केन्याविरुद्धको टी–२० सिरिज नेपाललाई, निर्णायक खेलमा ३१ रनले विजयी

नेपालखबर
भदौ १४, २०७९ मंगलबार १९:१७, काठमाडौँ

केन्या भ्रमणमा रहेको नेपालले टी–२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ।

मंगलबार भएको पाँचौ खेलमा केन्यालाई ३१ रनले पराजित गर्दै नेपालले ३-२ ले शृंखला जितेको हो। 

नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको केन्या पुरै ओभर खेलेर ७ विकेट गुमाएर १४४ रनमा समेटियो।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र बसिर अहमदले २/२ विकेट लिँदा करण केसी, दीपेन्द्र सिंह ऐरी र मोहम्मद आदिल आलमले समान १ विकेट लिए। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ज्ञानेन्द्र मल्लको अर्धशतकीय मद्दतमा १ सय ७५ रन बनाएको थियो।
निर्धारित २० ओभरमा ७ विकेट गुमाएर नेपालले १७५ रन बनाएको हो। 

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गर्दा सम्मानजनक स्कोर बनाएको हो। यो सिरिजकै सर्वाधिक रन हो। रोहित पौडेलले पनि विस्फोटक ब्याटिङ गरे। ​

ओपनिङमा आएका पूर्वकप्तान मल्लले ४४ बलमा ५ चौका र २ छक्काको मद्दतमा ५९ रन जोडे।

अर्का ओपनर अर्जुन साउदले पनि २१ बलमा ४ चौका र १ छक्कासहित २९ रन जोड्दा नेपालले उत्कृष्ठ सुरुवात गर्यो।

दिपेन्द्र सिंह ऐरीले १८ बलमा २२ रन जोडे। दिपेन्द्र आउट भएपछि आएका रोहितले विस्फोटक ब्याटिङ गर्दै २५ बलमा ४७ रन जोडे। 

अब नेपालले तीन एक दिवसीय शृंखला खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .