ad ad

खेल


ज्ञानेन्द्रको अर्धशतकमा नेपालले केन्यालाई दियो १७६ रनको लक्ष्य

ज्ञानेन्द्रको अर्धशतकमा नेपालले केन्यालाई दियो १७६ रनको लक्ष्य

फाइल तस्बिर


नेपालखबर
भदौ १४, २०७९ मंगलबार १७:२८, काठमाडौँ

केन्याविरुद्ध टि २० सिरिजको अन्तिम खेलमा नेपालले केन्यालाई जितका लागि १७६ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

निर्धारित २० ओभरमा ७ विकेट गुमाएर नेपालले १७५ रन बनाएको हो। सानदार सुरुवात गरेको नेपालले अन्त्यतिर भने सम्हनलिएर ब्याटिङ गर्न सकेन। 

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्लले अर्धसतक पूरा गर्दा नेपालले सम्मानजनक स्कोर बनाएको हो। यो सिरिजकै सर्वाधिक रन हो। रोहित पौडेलले पनि विस्फोटक ब्याटिङ गरे। 

ओपनिङमा आएका पूर्व कप्तान मल्लले ४४ बलमा ५ चौका र २ छक्काको मद्दतमा ५९ रन जोडे। अर्का ओपनर अर्जुन साउदले पनि २१ बलमा ४ चौका र १ छक्कासहित २९ रन जोड्दा नेपालले उत्कृष्ठ सुरुवात ग¥यो। दिपेन्द्र सिंह ऐरीले १८ बलमा २२ रन जोडे। दिपेन्द्र आउट भएपछि आएका रोहितले विस्फोटक ब्याटिङ गर्दै २५ बलमा ४७ रन जोडे। 

यसअघि सोमबार ब्याटिङ नचल्दा १०२ रनको लक्ष्य भेटाउन नसकेको नेपालले अन्तिम खेलमा भने राम्रो लक्ष्य प्रस्तुत गरेको छ। यसअघि ४ खेलमा नेपालले र केन्याले समान दुई खेलमा जित हात पारेका छन्। आजको विजेताले टि २० सिरिज जित्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .