खेल


आईसीसी टि२० विश्वकप : आयरल्याण्डको विजयी सुरुवात

आईसीसी टि२० विश्वकप : आयरल्याण्डको विजयी सुरुवात

नेपालखबर
कात्तिक १, २०७८ सोमबार २१:३६, काठमाडौँ

नेदरल्याण्डस्लाई ७ विकेटले पराजित गर्दै आयरल्याण्डले आईसीसी टि२० विश्वकपमा विजयी सुरुवात गरेको छ।

समूह ‘ए’ मा रहेको आयरल्यान्डले सोमबार नेदरल्यान्ड्सलाई हराएको हो। 

नेदरल्याण्डस्ले दिएको १ सय ७ रनको सामान्य लक्ष्य आयरल्यान्ड्सले १५.१ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो। 

आयरल्याण्डको जितमा ग्रेथ डेलानीले ४४ रनको योगदान दिए। ओपनर पाउल स्टर्लिङ ३० रनमा अविजित रहे। कर्टिस क्याम्फर ७ रनमा नटआउट रहे। ओपनर केभिन ओ ब्रायनले ९ र कप्तान एन्डी बालबर्नी ८ रन थपे। 

नेदरल्यान्ड्सका फर्द क्लासेन, पिटर सिलार र ब्रेन्डन ग्लोभरले १–१ विकेट लिए। 

त्यसअघि आबूधाबीमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्स निर्धारित २० ओभरमा १ सय ६ रनमा अल आउट भयो। नेदरल्याड्सका ओपनर म्याक्स ओडाउडले सर्वाधिक ५१ रन जोडे।

कप्तान पिटर सिलारले २१ तथा  कोलिन एकरमन र भान बिकले समान ११ रन थपे। अन्य ब्याटरले सम्झनलायक प्रर्दशन गर्न सकेनन्। 

आयरल्यान्डका कर्टिस क्याम्फरले आफ्नो स्पेलमा २६ रन खर्चेर ४ विकेट लिए। मार्क आदिरले ३ विकेट लिए।  जोश लिटिलको नाममा १ विकेट रह्यो। 

पहिलो चरणमा समुह ए र बी बाट शीर्ष २ टोलीले सुपर १२ मा स्थान बनाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad