ad ad

खेल


लिभरपुल शीर्ष स्थानमा, म्यानचेस्टर सिटी रोकियो

लिभरपुल शीर्ष स्थानमा, म्यानचेस्टर सिटी रोकियो

नेपालखबर
असोज २, २०७८ शनिबार २१:४६, काठमाडौँ

 इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुल सजिलै विजयी भएको छ। 

लिभरपुलले क्रिस्टल प्यालेसलाई ३-० गोल अन्तरले हराएको हो। 

एन्फिल्डमा लिभरपुललाई जिताउन साडियो माने, मोहमद सलाह र नेबी केइटाले एक-एक गोल गरे।

लिभरपुलका लागि खेलको ४३ औं मिनेटमा मानेले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछि खेलको ७८ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २-० को अग्रता दिलाए।

खेलको ८९ औं मिनेटमा केइटाले गोल गर्दै लिभरपुललाई ३-० सहज जित दिलाउन सफल भए। 

यो जितपछि लिभरपुल प्रिमियर लिगको अंक तालिकामा शीर्ष स्थानमा पुगेको छ। लिभरपुलले ५ खेलबाट १३ अंक जोडेको छ।

प्यालेस ५ खेलमा ५ अंक जोडेर १३ औं स्थानमा छ। 

शनिबारै राति भएको खेलमाा आर्सनलले ब्रन्लीलाई १-० गोल अन्तरले पराजित गरेको छ। 

आर्सनललाई जिताउने क्रममा खेलको ३० औँ मिनेटमा मार्टिन वडेगार्डले निर्णायक गोल गरेका थिए। 

यस्तै शनिबारै राति भएको अर्को खेलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी साउथह्याम्पटनसँग गोलरहित बराबरीमा रोकिन पुगेको छ।

यो बराबरीपछि सिटी ५ खेलबाट १० अंकसहित लिगको दोस्रो स्थानमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .