खेल


साफ च्याम्पियनसिप आयोजना गर्न १० करोड प्रस्ताव

साफ च्याम्पियनसिप आयोजना गर्न १० करोड प्रस्ताव

नेपालखबर
साउन १५, २०७८ शुक्रबार २१:१६, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ  च्याम्पियनसिप नेपालमा आयोजना गर्न १० करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ। सो सम्बन्धी विस्तृत प्रस्ताव दक्षिण एसियाली फुटबल महासंघ (साफ)मा अनुरोध गर्ने जनाएको छ।

त्यसमध्ये ५ करोड रुपैयाँ नेपाल सरकारबाट प्राप्त हुने जनाउँदै एन्फाले मन्त्रीस्तरीय निर्णयबाट स्रोत सुनिश्चित भइसकेको स्पष्ट पारेको छ।

साफ च्याम्पियनसिप आगामी अक्टोबरको पहिलो हप्ता आयोजना हुँदैछ।

एन्फा कार्यसमितिको शुक्रबार ललितपुर स्थित एन्फा मुख्यालयमा बसेको आकष्मिक बैठकले एएफसी वुमन एसियन कप इन्डिया २०२२ को क्वालिफायर अघि इरानको टोलीसँग मैत्रीपूर्ण खेलका लागि पत्राचार भएकोले महिला राष्ट्रिय टोलीलाई तयार पार्ने निर्णय पनि गरेको छ।

एन्फाले  साफ च्याम्पियनसिपको तयारीमा रहेको पुरुष राष्ट्रिय टोलीलाई बंगलादेश, भारत, सिंगापुरको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेलका लागि पत्राचार भएकोले ती देशहरूसँगको खेलमा सहभागी हुने जनाएको छ।

यस्तै, बैठकले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङमाथि मुख्य प्रशिक्षकले लगाएको आरोपबारे छानबिन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .