ad ad

खेल


एल क्लासिको लेजेन्डमा बार्सा मड्रिडसँग हार्‍यो, रोनाल्डिन्होले गरे गोल (भिडिओ)

एल क्लासिको लेजेन्डमा बार्सा मड्रिडसँग हार्‍यो, रोनाल्डिन्होले गरे गोल (भिडिओ)

(तस्बिर: बार्सिलाेना फुटबल क्लब)


नेपालखबर
साउन ६, २०७८ बुधबार १७:८,

एल क्लासिको लेजेन्ड प्रतियोगिता अर्थात् फुटबल क्लब बार्सिलोना र रियल मड्रिडका पूर्व भेटेरान खेलाडीहरुबीचको फुटबल प्रतियोगितामा बार्सा रियलसँग पराजित भएको छ।

रियलका भेटेरानले बार्साका भेटेरानमाथि ३–२ को जित निकालेको हो। 

मंगलबार राति सम्पन्न खेलमा बार्साका तर्फबाट रोनाल्डिन्हो, रिभाल्डो, गिजाका मेन्दिता र डेकोजस्ता खेलाडी मैदान उत्रिएका थिए।

उता मड्रिडबाट रोवर्टो कार्लोस, लुइस फिगो, इभान क्याम्पो, अलफोन्सो पेरेज र पेड्रो मुनितिसजस्ता खेलाडी उपस्थित थिए।

इजराएलको तेल अभिभ–याफोको ब्लुमफिल्डमा भएको खेलमा २६ हजार दर्शक उपस्थित थिए। खेल ८० मिनेट खेलाइएको थियो।

रोनाल्डिन्होको पेनाल्टी गोलबाट बार्साले १९ औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो। यद्यपी मड्रिडले खेलमा गोल फर्काउँदै ३–२ को जित हात पारेको हो।

(भिडिओ)

May be an image of 2 people, people standing, outdoors and text that says 'Emirates FLYBETTER DON'

May be an image of 1 person, playing football and grass

May be an image of 2 people

May be an image of 1 person, playing a sport, outdoors and text that says 'Emirates FLYBETTER'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .