कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ।
आइतबार कैलाली गाउँपालिका ८ लोहरपुरस्थित तेडी बाँध नदीमा नुहाउन गएका स्थानइि दुई बालबालिकाको नदीमा डुबेर मृत्यु भएको कैलालीका प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले जानकारी दिए।
आइतबार दिउँसो नुहाउने क्रममा ७ वर्षका अमिल खड्का र १३ वर्षकी दुर्गा साउद नदीमा डुबेका थिए। स्थानीयले उनीहरूलाई उद्धार गरेर उपचारको लागि उदासिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याएका थिए।
त्यहाँ उपचार सम्भव नभएपछि उनीहरुलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। सेतीमा उपचारकै क्रममा उनीहरुको मृत्यु भएको हो।
48
Shares

प्रतिक्रिया