ad ad

समाज


विज्ञको चेतावनी : आगामी ३ हप्ता एकदमै जोखिम छ, घरभित्रै बसौं

विज्ञको चेतावनी : आगामी ३ हप्ता एकदमै जोखिम छ, घरभित्रै बसौं

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार १५:३९,

कोरोना महामारी बढ्दै गएकाले आगामी ३ हप्ता अत्यन्तै कठिन हुने देखिएको जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले बताएका छन्।

यसर्थ आगामी ३ हप्ता घरभित्रै बस्न र अति सुरक्षा अपनाउन उनले सुझाव दिएका छन्।

‘आगामी ३ हप्ता नेपालका लागि अत्यन्तै कठिन अवस्था छ, दुःख सहेरै भए पनि यो ३ हप्ता घरभित्र नै बसौं,’ उनले भनेका छन्, ‘जीवनको तुलनामा दुःख सानो हो।’

खाद्यान्न पनि सकभर दैनिक किन्ने नगर्न र आगामी ३ हप्ता भेटघाट बन्द गर्न उनले अनुरोध गरेका छन्।

उनका अनुसार पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित छन् भन्ने सम्झेर निस्किनै परे डबल मास्क लगाएर र ६ फिटभन्दा धेरै दूरी कायम गरेर गरेर मात्र निस्किनुपर्छ। यस्तै हात साबुनपानी/स्यानिटाइजरले सफा गर्न उनले सुझाव दिएका छन्।

‘यो ३ हप्ता दुःख सह्यौं भने संक्रमणको दर घट्दै जानेछ,’ डा. पाण्डे भन्छन्, ‘रोकथामभन्दा उपचार निकै कठिन र जोखिमपूर्ण छ।’ 

यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगर्न उनले चेतावनी दिएका छन्।

उनले भनेका छन्, ‘सरकारले कडाइ गरेको हाम्रै लागि हो। हामी सबैजना कडा सेल्फ लकडाउनमा बसौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .