ad ad

समाज


जनकपुरमा बालिकाको ‘बलात्कारपछि हत्या’

जनकपुरमा बालिकाको ‘बलात्कारपछि हत्या’

शैलेन्द्र महतो
असार १९, २०७७ शुक्रबार ७:३५,

जनकपुरमा एक ११ वर्षीय बालिकाको हत्या गरिएको छ। उनको बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ।

जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी एक ११ वर्षीय बालिकाको हत्या भएको हो।

बालिकाको शव शुक्रबार मध्याह्न १२ बजे घरभन्दा एक किलोमिटर पर दुधमती नदीमा फेला परेको छ।

उनका दाजुका अनुसार बुधबार दिउँसो ११ बजे भैंसी चराउन गएकी ती बालिका बेपत्ता भएकी थिइन्। प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको छ।

Janakpur Balikda dead 1

बालिका बेपत्ता भएकै दिनदेखि व्यापक खोजविन गर्दा उनी फेला परेकी थिइनन्।

शुक्रबार बिहान सो क्षेत्रमा गन्ध फैलिएपछि किसानले हेर्दा दुधमती नदीमा कञ्चनको शव देख्दा प्रहरीलाई खबर गरेका थिए।

बालिकाकाे शव नांगै अवस्थामा भेटिएकाले कसैले बलात्कार गरि हत्या गरेको हुुनसक्ने प्रहरीको भनाइ छ।

Police crime scene Janakpur

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .