महोत्तरीको बर्दिवासमा क्रियाशील विभिन्न राजनीतिक दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गौरीडाँडा खुला मञ्चको जग्गा प्रयोग गर्न नदिने निर्णय गरेका छन्।
बर्दिवास-३ स्थित गौरिडाँडामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयसँगै जोडिएको गौरीडाँडा खुला मञ्चको ६ कठ्ठा सार्वजनिक जग्गा अख्तियारलाई प्रयोग गर्न नदिने निर्णय स्थानीय राजनीतिक दलले गरेका हुन्।
कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, लोसपासहितका राजनीतिक दल र उद्योग वाणिज्य संघ बर्दिबासको तर्फबाट जारी भएको संयुक्त विज्ञप्तिमा उक्त जग्गा आयोगलाई नदिने उल्लेख छ।
गएको असार १२ गते जिल्ला प्रशासन कार्यालय महोत्तरीमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जग्गा सिफारिस समितिको बैठकले उक्त जग्गा अख्तियारलाई लिजमा दिने निर्णय गरेको थियो।
बर्दिबास नगरपालिकाका मेयर प्रल्हाद क्षेत्रीसमेत उपस्थितिमा भएको उक्त बैठकले सार्वजनिक जग्गा अख्तियारलाई दिने भनेर गरेकोे निर्णयको पनि राजनीतिक दलहरुले विरोध गरेका छन्।
हेर्नुहाेस् विज्ञप्ति
Shares
प्रतिक्रिया