समाज


उदयपुरमा बाढीले बगाउँदा पुरुष र माटोको ढिस्कोमा पुरिँदा महिलाको मृत्यु

उदयपुरमा बाढीले बगाउँदा पुरुष र माटोको ढिस्कोमा पुरिँदा महिलाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
असोज ६, २०८२ सोमबार ६:२५, उदयपुर

उदयपुरमा आइतबार भएको छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ। 

उदयपुरगढी गाउँपालिका–६ धप्परका ४० वर्षीय तोपबहादुर सार्कीको आज साँझ खोलाले बगाउँदा मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालयकाअनुसार सार्कीलाई नेपालटार बजारबाट घर जाँदै गर्दा वैजनाथ खोलाले बगाएर मृत्यु भएको हो। खोला तर्ने क्रममा सार्कीलाई बगाएपछि ५०० मिटर तल शव भेटिएको छ। 

त्यसैगरी आजै त्रियुगा नगरपालिका–३ चाँप बगरटोलका २४ वर्षीया रमिला राईको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको छ। 

दसैँका लागि घर लिप्न गेरुवाई खोलामा माटो खन्ने क्रममा राईलाई ढिस्कोले पुरेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad